बिहिबार, जेठ २२, २०७७
GokarnaNews

प्रधानमन्त्रीलाई कांग्रेस नेता पोखरेलको खुला पत्र : प्रधानमन्त्री ज्यू यो के निर्लज्जता हो ?

प्रधानमन्त्रीलाई कांग्रेस नेता पोखरेलको खुला पत्र : प्रधानमन्त्री ज्यू यो के निर्लज्जता हो ?

काठमाडौं  – नेपाली कांग्रेसका नेता परशुराम पोखरेलले सरकारले निर्लज्ज व्यवहार देखाएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक खुला पत्र लेख्दै सरकारका पछिल्ला कदम र व्यवहार लाज लाग्ने किसिमका रहेको बताएका हुन ।

काठमाडौं क्षेत्र नम्बर ३ कांग्रेस पूर्व क्षेत्रिय सभापति एव्म वीपी संग्राहलयका अध्यक्ष समेत रहेका पोखरेलले कोरोना भाइरस (कोभिड १९) को उपचारका स्वास्थ्य सामाग्री खरिदमा सरकार बहालवाला मन्त्रीहरुनै भष्ट्रचारमा लागेको भन्दै ओली सरकारको नियत उदांगो भएको बताए ।

नेता पोखरेलले जनतालाई गुमराहमा राखेर कमसल सामान खरिद गर्नुको आसय केहो भनेर प्रश्न समेत गरेका छन । उनले सरकारका मन्त्रीले यस्तो आपतकालिन विपत्तको अबस्थामा जनताको लागी किनेका सामाग्रीमा समेत भष्ट्रचारमा जोडिनुले सरकारले जनताको विश्वास गुमाइसकेको बताए । उनले भनेका छन्  ‘यस्तो विषम परिस्थीतिमा जनताको औषधि उपचारको लागी किनेका स्वास्थ्य उपकरण,औषधी मुलो अनि यो रोगको कारण मरि हालियो भने सन्तानले समेत छुन नपाउने श्रीमतिले या श्रीमानले आंशु खसालेर हेर्न समेत नपाउने लास बेर्ने कात्रोमा पनि सरकारका मन्त्रीले भष्ट्रचार गरेर गरेर नाफा खाएरे यो कस्तो निर्लज्जता हो प्रधानमन्त्री ज्यू ?

अध्यक्ष पोखरेलले कोरोना भाइरसका कारण आफ्ना जनता बचाउन नसकेको भन्दै विभिन्न देशका प्रधानमन्त्री ,मन्त्री रोइरहेका घटनाक्रमलाई जोड्दै कति देशका प्रधानमन्त्री , अर्थमन्त्री जनताको पिडा र जनतालाई बचाउन नसकेको भन्दै रुदै त कोही आत्महत्या गरेका छन् तर हाम्रा देशका मन्त्री भष्ट्रचार र अनियमिततामा लिप्त हुनु मुलुककै विडम्वना भएको उल्लेख गरे । उनले लेखेका छन् ‘हामी जनता मरेको खण्डमा आफ्नो संस्कारमा र धर्ममा अन्तिम कार्य पनि गर्न नपाउने।एकै खाल्डो चिहानमा गाडिन पर्ने त्यसरी गाडिन जाँदा पनि लाखौ डलरको ऋण भार बोकेर गाडिन पर्ने कस्तो सरकार र मन्त्री रहेछन भनेर निरीह जनता भनिरहेछन ।’

अध्यक्ष पोखरेलले नेपाल–भारत सीमामा अलपत्र नेपालीले स्वदेश छिर्न नपाएपछि महाकाली नदी पौडिएर नेपाल प्रवेश गर्दा प्रहरीले नाङ्गै सहर धुमाउने कार्य निन्दनीय बताए । नेता पोखरेलले सरकारले थालेको कारोना विरुद्धको लडाई र लकडाउनमा आफुहरुको पूर्ण समर्थन रहेको उल्लेख गरे । उनले लकडाउनको मारमा परेका गरिव विपन्न र दैनिक ज्यालदारी गर्ने वास्तविक श्रमिकको हातमा सरकारको राहत समेत नपुगेको बताए ।

उनले लेखेको पत्र
खुला पत्र ।
सम्माननिय प्रधानमन्त्री ज्यू।
प्रधानमन्त्री ज्यू को निजी सचिवालय बालुवाटार।

बिषय : सरकारको निर्लज्ज व्यवहार र जन चासो सम्बन्धमा दार्चुला,नेपाल भारत सिमामा घटेको घटना संक्षिप्तिकरण सहित।

सर्बप्रथम तपाँई तपाईको स्वास्थलाभ अनी दीर्घायुको कामना गर्दछु।तपाँईको नेतृत्वमा भएको कोरोना भाइरसको बिरूद्धको लडाइमा हाम्रो पूर्ण समर्थन छ।लक डाउन अर्थात घर भित्रको बसाईको आज एघारौं दिन।बाँच्न पाइने आशामा खुशी छौ।
यसै पत्र मार्फत नयाँ बर्ष २०७७ को शुभकामना प्रदान गर्दछु।
प्रधानमन्त्री ज्यू।यो पत्रमा मैले धेरै बिषय राख्ने इच्छा नगरेकै हु।म तपाइको स्वास्थको पनि ख्याल राख्दछु।तथापी पनि चिन्ताले जनताको मनमा घर वनाएको प्रसंग का बारे संक्षिप्त रूपमा कुरा राख्ने अनुमति चाहन्छु।
सुरूमा सरकारले ल्याएको राहत नितीले यो लेख्दासम्म सम्बोधन गर्न खोजिएको बर्गमा प्रत्यक्ष दैनिक गुजाराका सामान केही नपुगेको जानकारी गराउन चाहन्छु।तर पनि सरकारको प्रयासलाई धन्यबाद प्रदान गर्दछु।

१ . हामीले सुन्यौ सरकारका मन्त्रीले यस्तो आपतकालिन बिपतको अबस्थामा जनताको लागी किनेको जाँच पड्डताल गर्ने औषधी मुलो अनि यो रोगको कारण मरि हालियो भने सन्तानले समेत छुन नपाउने श्रीमतिले या श्रीमानले आँशु खसालेर हेर्न समेत नपाउने लास बेर्ने कात्रोमा पनि सरकारका मन्त्रीले भष्ट्रचार गरेर नाफा खाएरे।

२. संसार रोई रहेछ।हामीले संञ्चार माध्यमका समाचारहरुमा देखिरहेछौ ,सुनिरहेछौ । विदेशका सरकार प्रमुखहरू कति चिन्तित देखिनु भएको छ। जर्मनिका कुनै प्रदेशका अर्थ मन्त्रीले आत्महत्या गरे रे । अर्को कुनै एक मुलुकका मन्त्रीको कोरोनाकै कारण मृत्यू भयो रे।तिनीहरू देश र जनता प्रति कति जिम्मेवार रहेछन हाँसी हाँसी मृत्यूबरण गरेछन् भनेर हामीले भन्न हुनेकी नहुने।हामीले तपाईका मन्त्रीहरूलाई पनि देश र हाम्रो चिन्ताले त्यसैगरी मर्नु पर्छ भनेको चाही हैनौ है।गलत अर्थ नलगाई दिनुहोला।हाम्रा मन्त्रीहरू कोरोना लागेर मर्नु भयो भने लास र कात्रोमा भष्ट्रचार कसले गर्ला?।हामी जनता मरेको खण्डमा आफ्नो संस्कारमा र धर्ममा अन्तिम कार्य पनि गर्न नपाउने।एकै खाल्डो चिहानमा गाडिन पर्ने त्यसरी गाडिन जाँदा पनि लाखौ डलरको ऋण भार बोकेर गाडिन पर्ने कस्तो सरकार र मन्त्री रहेछन भनेर निरीह जनता भनिरहेछन।

३. हाम्रा मन्त्रीहरूले स्वयं आफ्नो र परिवारको समेत तेति स्वास्थ चासो लिएको देखिएन ताकी यो रोग तपाई र र तपार्इका मन्त्री र मन्त्रीका परिवारलाई लाग्दै लाग्दैन? संका यही निर छ।गुणस्तर कम भएको औषधी जनताको लागी।अनि मन्त्री र उनिहरूको परिवारमा कोरोना लागी हाल्यो भने संसारकै राम्रो जाँच र उपचार गर्ने औषधीको ब्यबस्था गरेको हुनपर्दछ भन्ने आमधारणा रहेको छ।घटनाक्रमले पनि तेतै संकेत गरेको छ।सत्य तथ्य प्रधानमन्त्री ज्यू बाट आउने आशा गर्दछु।
हैन भने।जनताको यक्ष प्रश्न छ।कमसल औषधी किन खरिद गरियो?

४ . महाकाली नदीमा पौडी खेलेर स्वदेश फर्कने ति बहादुर मानिस। चोर डाँका बदमास लुटाहा थिए र ?।
सरकारले घर आउने बाटो रोक्यो बहादुरी साथ पौडी खेलेर घर आए तिनले के बिराए।तिनीले ज्यान जोखिममा राखे।सलाम छ।
पौडी लुगा लगाएर खेल्न सकिन्छ र सरकार ?।कुनै कारणवस् ति मानिसको गुप्तागं ढाकेको कपडा पौडी खेल्दा खुस्केको भए या उनि मानसिक सन्तुलन गुमेका थिए र नागैं पौडी खेलेका थिए भने तिनीलाई नदिबाट बाहिर आएपछी नेपाल प्रहरीले नागैं निर्बस्त्र हात समातेर पक्डेर लान हुन्थियो ,हैन भने त्यो अबस्थामा न्यानो तातो गरेर स्वास्थको सामान्य चेकजाँच पछी मात्र के गर्न पर्ने हो गर्न पर्र्थ्यो ।तेति समय भित्र नेपाल प्रहरीले एउटा फाटेको कम्बल,मजेत्रो या बर्कोको ब्यबस्था गर्न सकेन ?।त्यसरी नागैं लग्दा त्यहाँ भएका महिला एवं बाल समाज र नागरिक समाजको सामुन्ने ति मानिसले नागों भई पशु जस्तो डोरिन पर्यो।।यसैमा मैले अलिकति थप गरे। चुनाबताका तिनै मानिस महाकालीमा पौडी खेली तरेर आएका भए माला लगाएर तपाईइका लागी राष्ट्रबादका हिरो गनिन्थे प्रधानमन्त्री ज्यू।तिन्कै भोटले कतै तपाँई प्रधानमन्त्रीत बन्नु भएन? अनि तिनै व्यक्तीलाई तपॉंइहरूलाइनै ताकेर संक्रमण गराऊंछ जस्तो गरी मातृभूमिमा आउन नदिने ?। उनि र उनि जस्ता जति छन सीमामा समस्या झेली रहेकालाई सरकारले तत्काल स्वदेश ल्याई ब्यबस्थापन गर्नु सरकारको दायित्व हैन ?।हाम्रा झन्डै करोडौको हाराहारीमा बिदेशमा रहनु भएका दाजुभाईहरू जसले यो देशको अर्थतन्त्र धानिरहनु भएको छ।चुनाबका वेला यहाँबाट दौडाहा छुट्छ सहयोग लिनको लागी भोज भतेर खाइन्छ।यतिबेला उहाँहरूको अबस्थाबारे नेपाली जनताले जानकारी प्राप्त गर्न सकेका छैनन् । तिनको अबस्थाबारे हामीले घोक्रो फाट्ने गरि भनिदेन सरकार भन्न पर्ने?।प्रहरीको भनौ या गृह प्रशासनको ज्यादती जे भने पनि मानिसलाई सिलिण्डर बोकाएर सडकको बिचमा राखिएको छ। शहरका कुनै भागमा जनावरमा पनि कुकुरलाई लगाइने फलामे अंकुश मानिसलाई लगाई नियन्त्रणमा लिइएको छ। यो कुन शैली ! निरंकुश सैली भएन र प्रधानमन्त्री ज्यू।

५. सरकारलाई मेरो बिनम्र सुझाव छ।कोरोना भाइरस नियन्त्रणको लागी मासु पसल तत्काल बन्द गर्ने ब्यबस्था गरौ।आर्थिक मितब्ययीता पनि अपनाइने संक्रमणको कारक तत्व बिहान बेलुकाको भिड पनि कम हुने।एक पटक पुन ध्यानाकर्षण गराउदै आग्रह गर्छु सरकारको कमजोरीका कारण कुनै नेपालीले पनि कोरानाबाट मर्न पर्ने छैन भनेर तपाईले भनिदिनोस् भनेर।लेख्न पर्ने सम्बोधन गर्न पर्ने बिषय धेरै हुँदा हुँदै पनि आजलाई यतिनै गरे।

अन्त्यमा प्रधानमन्त्री ज्यू के यो निर्लज्जता हैन ? तपाईको मन कटक्क भएन ?।मेरो यो पत्रमा लेखिएको कुरा तपाईका अन्धभक्तहरूले कांग्रेसीको बिपक्षी नजर भनेर मलाई सत्तोसराप गरे पनि मेरो कुनै गुनासो रहने छैन तपाईको आत्म बोलोस मैले ठिक लेखेकी गलत लेखे।धन्यबाद।
हामी जबाफको आशाबादी छौ।
जय नेपाल।
परशुराम पोखरेल पूर्ब क्षेत्रीय सभापति नेपाली कॉंग्रेस काठमाडौ क्षेत्र नं ३.
सुन्दरिजल,गोनपा १ काठमाडौ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु