मङ्गलबार, बैशाख २८, २०७८
GokarnaNews

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

प्रधानमन्त्रीका सूचना प्रविधि सल्लाहकार अलीलाई पदबाट बर्खास्त गर्न कांग्रेस नेता कोइरालाको माग

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधिक सल्लाहकार असगर अलीलाई पदबाट बर्खास्त गर्न माग गरेका छन् ।

उनले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘प्रधानमन्त्री ओलीले आफ्ना सूचना प्रविधि विज्ञलाई तुरुन्त पदबाट बर्खास्त गर्नुपर्छ र यो घटनामा संलग्न दोषीहरूमाथि कारबाही गरिनुपर्छ ।’

असगर अलीको लगानी रहेको कम्पनीले काठमाडौंप्रेसको समाचार ह्याक गरेर हटाएको भन्दै नेता कोइरालाले यस्तो माग गरेका हुन । उनले लेखेका छन्, ‘संसारमै नहुने यस्तो बिरलै घटना प्रेस र अभिव्यक्ति स्वतन्त्रता हननको उच्चतम र निकृष्ट नमूना हो ।’

सिरान टेक्नोलोजीले यस घटनाप्रति माफी मागिसकेको प्रसंगमा सरकारले अब कानुनी कारबाही अगाडि अगाडि बढाउनु पर्ने कोइरालाको भनाइ छ ।