बिहिबार, जेठ २२, २०७७
GokarnaNews

पहाडी भू–भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

पहाडी भू–भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौं- अहिले देशभर स्थानीय वायुको प्रभाव रहेको देखिन्छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही अपरान्हतिर थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी तथा असिनासहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राती देशका पहाडी भू–भागमा आंशिक बदली रही पहाडी भू–भागका एक, दुई स्थानमा मेघ गर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु