बिहिबार, जेठ २२, २०७७
GokarnaNews

भारतमा कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु,संक्रमितको संख्या २ हजार नाध्यो

भारतमा कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु,संक्रमितको संख्या २ हजार नाध्यो

एजेन्सी  – भारतमा कोरोना भाइरसको संक्रमण तिब्ररुपमा फैलिन थालेको छ । कोरोना संक्रमितको संख्या बढेर २ हजार ४ जना पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ५८ जनाको मृत्यु भएको छ ।

तिब्ररुपमा कोरोना फैलिन थालेपछि आज भारतीय प्रधानमन्त्री मोदीले मुख्यमन्त्रीहरुसँग छलफल गर्न थालेका छन् । भारतको महाराष्ट्र सबैभन्दा धेरै प्रभावित बनेको छ ।
भारतको बिहारमा स्थानीयले कोरोना भाइरसको जाँच गर्न पुगेको स्वास्थ्यकर्मीको टोलीमाथि आक्रमण गरेका छन् । आक्रमणबाट केही स्वास्थ्यकर्मी घाइते भएका छन् ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु