बिहिबार, जेठ १५, २०७७
GokarnaNews

आगामी दुई हप्ता निकै कठिन र पीडादायी हुनेछन् : ट्रम्प

आगामी दुई हप्ता निकै कठिन र पीडादायी हुनेछन् : ट्रम्प

वासिङ्टन -अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई हप्ता निकै कठिन र पीडादायी हुने बताएका छन्। मंगलबार ह्वाइटहाउसमा आयोजित नियमित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले राष्ट्रव्यापी रुपमा सामाजिक दूरी कायम नराखे कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या अझ बढ्ने चेतावनी पनि दिएका छन्। ‘प्रत्येक अमेरिकी नागरिक आउने कठिन दिनका लागि तयार हुनुपर्छ। आउँदो दुई हप्ता अमेरिकाका लागि निकै पीडादायी र कठिन दिन हुनेछन्।’

त्यस्तै ह्वाइट हाउसकी कोरोना भाइरस रोकथाम तथा नियन्त्रण टिमकी संयोजक डाक्टर डेबोरा बिर्क्सले कोरोना भाइरससम्बन्धी संघीय गाइडलाइन पालना नगरे एक लाखदेखि २ लाख ४० हजारसम्मको मृत्यु हुन सक्ने चेतावनी दिएकी छिन्।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु