बिहिबार, जेठ १५, २०७७
GokarnaNews

कोरोनाबाट अमेरिकामा एकैदिन ८ सय १५ जनाको मृत्यु,संक्रमितको संख्या झण्डै २ लाख

कोरोनाबाट अमेरिकामा एकैदिन ८ सय १५ जनाको मृत्यु,संक्रमितको संख्या झण्डै २ लाख

वासिङ्टन – कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट अमेरिकामा एकैदिन ८ सयभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा ८ सय १५ जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
जनवरी १० मा पहिलो संक्रमण पुष्टि भएयता अमेरिकामा एकैदिन सबैभन्दा बढी मृत्यु भएको हो। त्यस्तै पछिल्लो २४ घण्टामा अमेरिकामा थप २४ हजारभन्दा बढीमा संक्रमण देखिएको छ। बुधबार बिहानसम्म अमेरिकामा मृतकको संख्या ३ हजार ८ सय ६७ पुगेको छ। त्यस्तै अमेरिकामा संक्रमितको संख्या झण्डै २ लाख पुगेको छ।

अमेरिकामा संक्रमितको संख्या एक लाख ८७ हजार नाघेको छ भने निको हुनेको संख्या ६ हजार ४ सय ६१ पुगेको छ। कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनमा भन्दा अमेरिकामा मृत्यु हुनेको संख्या धेरै भएको छ। साथै चीनमा भन्दा अमेरिकामा संक्रमितको संख्या पनि दोब्बरले बढेको छ। बुधबार बिहानसम्म चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३ सय ५ पुगेको छ भने संक्रमितको संख्या करिब ८१ हजार रहेको छ। चीनमा निको हुनेको संख्या नै करिब ७६ हजार रहेको छ।

अमेरिकाको न्युयोर्कमा मात्रै एक हजारभन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मंगलबार मात्रै न्युयोर्कमा १८२ जनाको मृत्यु भएको छ। न्युयोर्क स्वास्थ्य विभागका अनुसार बुधबार बिहानसम्म न्युयोर्क सहरमा मात्रै करिब ४१ हजारभन्दा बढीमा संक्रमण देखिएको छ। त्यस्तै पूरा न्युयोर्क राज्यमा करिब ७१ हजार संक्रमित पुगेको पनि विभागले जनाएको छ। न्युयोर्कलाई कोरोना भाइरसको नयाँ इपिसेन्टर मान्न थालिएको छ। कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको हुबेई प्रान्तमा ६७ हजार ८ सय १ जनामा संक्रमण पुष्टि भएको थियो।

त्यस्तै मंगलबार इटालीमा ८३७, स्पेनमा ७४८, फ्रान्समा ४९९, बेलायतमा ३८१, जर्मनीमा १३०, इरानमा १४१, बेल्जियममा १९२ र नेदरल्यान्ड्समा १७५ जनाको मृत्यु भएको छ।

कोराना भाइरसको संक्रमणबाट अहिलेसम्म विश्वका विभिन्न देशमा गरी ४२ हजारको मृत्यु भइसकेको छ। त्यस्तै संक्रमितको संख्या ८ लाख ५८ एक हजार २७ पुग्दा एक लाख ७७ हजारभन्दा बढी निको भएका छन्।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु