बिहिबार, जेठ १५, २०७७
GokarnaNews

अर्घाखाँचीमा २१ बर्षीया युवती झुन्डिएको अवस्थामा मृत फेला

अर्घाखाँचीमा २१ बर्षीया युवती झुन्डिएको अवस्थामा मृत फेला

अर्घाखाँची – जिल्लाको सन्धिखर्क नगरपालिका -१० बिहारमा एक युवती मृत अवस्थामा फेला परेकी छिन् ।

अर्घा, बिहारका तेज बहादुर कुँवर र राधा कुँवरकी छोरी २१ बर्षीया कबिता कुँवर झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

घरको कोठामा झुन्डिएको अवस्थामा आमा राधाले देखेपछि पासो काटी उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँचीमा लगेपनि उनको पहिले नै मृत्‍यु भएको प्रहरी चौकी ,बिहारले जनाएको छ ।

बुटवलमा १२ कक्षाको पढाईसँगै ब्युटीपार्लर सिक्दै आएकी कबिता लकडाउनको अघिल्लो दिन घर आएकी थिईन् । पछिल्लो समय उनी निरास देखिएको बताइएको छ ।

यद्यपी मृत्‍युको कारण भने खुल्न सकेको छैन् । प्रहरी चौकी बिहारले घटनाको अनुसन्धान भईरहेको बताएको छ । शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल अर्घाखाँचीमा रखिएको छ ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु