बिहिबार, जेठ १५, २०७७
GokarnaNews

औषधि छर्किन विभेद गरेको भन्दै राजविराजमा टिपर तोडफोड

औषधि छर्किन विभेद गरेको भन्दै राजविराजमा टिपर तोडफोड

राजविराज- औषधि छर्कन विभेद गरेको भन्दै राजविराज नगरपालिका ९ बिहारपुर मलेठका युवाहरुले राजविराज नगरपालिकाको टिपर तोडफोड गरेका छन् । कोरोना भाइरस (कोभिड१९) को संक्रमणका बेला औषधि छर्किरहेको स.१ ग ३३ नम्बरको टिपर तोडफोड भएको हो । तोडफोडबाट टिपरको अगाडिको सिसा फुटेर क्षति भएको चालक मुकेश पाण्डेले बताए।

औषधि सकिन थालेपछि सडकको एक किनारमा छर्कदै आइरहेका बेला समाजवादी पार्टीका नगर अध्यक्ष एवम् नगर प्रमुखका प्रत्याशी भिमराज यादवको घरअगाडि उनका छोरा, भतिजाले गालीगलौज गर्नुका साथै सिसा फुटाएको नगरपालिकाका कर्मचारीले बताए।

औषधि छर्किन खटिएका कर्मचारी बिजय देवका अनुसार औषधि सकिएकाले पुनः औषधि भरेर बाँकी रहेको स्थानमा छर्कने बताए पनि गालीगलौज गर्दै सिसा फुटाएर क्षति गरेका हुन् । राष्ट्रिय जनता पार्टी नेपाल जिल्ला कार्य समिति सप्तरीका जिल्ला संयोजक हरेराम यादवले मङ्गलबार एक विज्ञप्ति जारी गरी कोभिड१९ बाट पीडित भई लकडाउनको सामना गर्नु परेका बेला हुलहुज्जत गरी सार्वजनिक सम्पति ताडफोड, गालीगलौज र आक्रमण गर्नेहरुलाई कानून अनुसार कारवाही गर्न जोडदार माग गरेका छन् ।

विज्ञप्तिमा समाजवादी पार्टीका नेता भिमराज यादवका छोराहरु न्युटन यादव, विलियम यादव, भतिजा कारी भनिने सरोज यादव, ललित भनिने कपिलदेब यादव, गौतम वर्मालगायतले सार्वजनिक सम्पति तोडफोड गरेको आरोप लगाइएको छ।

भिमराज यादव समाजवादी पार्टीका नगर अध्यक्ष एवम् राजविराज नगरपालिका प्रमुखका निकटतम प्रत्याशी समेत हुन् । राजपा नेपाल सप्तरीले विज्ञप्तिमार्फत सार्वजनिक सम्पति तोडफोड र राजपा नेपालका युवा नेता रामजी यादवको घर प्रवेश गरी भिमराजसहित उनका छोराहरुले ज्यान मार्ने र अपहरण गर्ने धम्की दिँदै आक्रमण गरेको जनाएको छ । राजविराज नगरपालिकाका कर्मचारीहरुका अनुसार रामजीले टिपर तोडफोडको विरोध जनाएका थिए।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु