बिहिबार, जेठ १५, २०७७
GokarnaNews

लकडाउनसँगै मौसममा खुलेको काठमाडौं उपत्यका( तस्बिरमा)

लकडाउनसँगै मौसममा खुलेको काठमाडौं उपत्यका( तस्बिरमा)

काठमाडौं – कोरोना संत्रासका कारण नेपाल लक डाउन भएको आज पाँचौं दिन काठमाडौं उपत्यका सहित देशभर प्राय सुनसाननै छ । अन्य दिनहरुमा धुँवाधुलो मात्र देखिने काठमाडौंको आकाश यति भेला भने स्वच्छ र सफा देखिएको छ । बिहीबार साँझ परेको हावाहुरीसहितको पानीले काठमाडौं उपत्यकाको मौसमलाई खुल्न अझ मदत्त पुगेको छ ।

लकडाउनमा सवारी साधन गुड्नेक्रम कम भएकै कारण पनि धुँवाधुलोमा कमी आएको छ । धुँवाधुलो कम भएपछि अहिले उत्तरतिरका हिमालहरू समेत मनमोहक देखिएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी निम्न चापीय प्रणालीका कारण शुक्रबार साँझ देशका पहाडी भागमा हावाहुरीसहित वर्षा भएको थियो भने हिमाली क्षेत्रमा हल्का हिमपात भएको थियो।

आजदेखि भने मौसममा सुधार आएको महाशाखाले जनाएको छ। खुलेको काठमाडौंका केही दृश्यहरु

 

 

सम्बन्धित समाचारहरु

वडा समाचारहरु