बुधबार, चैत १९, २०७६
GokarnaNews
maya education initaitives

कोरोना संक्रमित युवक कतारबाट नभई दुबईबाट बाट आएका थिए, होटलमा बसेका थिए

कोरोना संक्रमित युवक कतारबाट नभई दुबईबाट बाट आएका थिए, होटलमा बसेका थिए

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमण देखिएका व्यक्ति चैत ६ गते एयर अरेबियाबाट नेपाल आएको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित व्यक्ति एयर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ बाट चैत ६ गते राति १०ः९ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको जानकारी दिएको छ ।
यसअघि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बुधबार पत्रकार सम्मेलनमा ती युवक कतारबाट आएको भने पनि पछि स्वास्थ्य मन्त्रालयले एयर अरेबियाबाट आएको भन्दै सच्याएको थियो ।

पत्रकार सम्मेलनमा मन्त्री ढकालले संक्रमित व्यक्ति धादिङका ३२ वर्षका पुरुष भएको जानकारी पनि दिए । उनकाअनुसार काठमाडौं आएपछि उनी होटलमा बसेका थिए र स्वास्थ्य असहज भएपछि मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका थिए ।

त्यहाँ संकलन गरिएको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो, जसको रिपोर्ट पोजेटिभ आएको हो ।

उनी बसेको होटल र सम्भावित संक्रमित व्यक्तिहरुलाई पहिचान गर्ने काम भइरहेको स्वास्थ्यमन्त्री ढकालले जनाकारी दिए ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु