बुधबार, चैत १९, २०७६
GokarnaNews
maya education initaitives

कोरोना संक्रमित युवतीसँगै आएका ५ जना भरतपुर अस्पतालको आइसोलेसनमा भर्ना

कोरोना संक्रमित युवतीसँगै आएका ५ जना भरतपुर अस्पतालको आइसोलेसनमा भर्ना

काठमाडौं – फ्रान्सबाट कोरोना संक्रमित युवतीसँगै जहाजमा आएका पाँच जनालाई चितवनस्थित भरतपुर कोरोना अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ।

अस्पतालका प्रमुख डा. भोजराज अधिकारीका अनुसार पाँचै जना आज अस्पतालको सम्पर्कमा आएका छन्। सबैलाई आइसोलेसनमा भर्ना गरिएको र नमूना परीक्षणको लागि भोलि स्वाब काठमाडौं पठाइने उनले बताए।

‘आज दुईटा नमूनासँगै उहाँहरूको पनि पठाउने भनेका थियौं, तर भ्याइएन। अब भोलि बिहान ११ बजेसम्म पठाउँछौं’ उनले भने।

व्यक्तिको नमूना लिनलाई भरतपुर अस्पतालका स्वास्थ्यकर्मीसँग भर पर्नुपर्ने कारणले समय लाग्ने अधिकारीले बताए। भर्ना हुनेमा तीन जना पुरुष र दुई जना महिला छन्।

गत चैत ४ गते संक्रमित युवतीसँगै कतार एअरबाट १ सय ५८ यात्रु नेपाल आएका थिए। सरकारले सबै यात्रुको खोजी गर्ने र क्वारेन्टाइनमा राखेर परीक्षणको व्यवस्था मिलाउने भनेको थियो।

आज पनि दुबईबाट आएका थप एक नेपालीमा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलनमार्फत सो जानकारी गराएका हुन्।

अहिले दुबै संक्रमितको टेकुस्थित आइसोलेसन वार्डमा उपचार भइरहेको छ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु