शनिबार, चैत २२, २०७६
GokarnaNews
maya education initaitives

चितवनको ‘कोरोना बिशेष अस्पताल’मा मृत्यु भएका युवालाई कोरोना नभएको पुष्टि

चितवनको ‘कोरोना बिशेष अस्पताल’मा मृत्यु भएका युवालाई कोरोना नभएको पुष्टि

काठमाडौं – चितवनको भरतपुरस्थित कोरोना अस्पतालमा मंगलबार मृत्यु भएका युवालाई कोरोना भाइरस नलागेको पुष्टि भएको छ।

काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको उनको स्वाब परीक्षणबाट कोरोना नलागेको पुष्टि भएको भरतपुरको कोरोना अस्पताल प्रमुख भोजराज अधिकारीले बताए।

नतिजा नेगेटिभ आयो, उनले भने, यहाँबाट स्याम्पल लिएर गएका चार जनालाई प्रयोगशालाले नेगेटिभ नतिजा आएको जानकारी दियो।मंगलबार साढे नौ बजे मृत्यु भएका वीरगन्जका ३० वर्षीय युवालाई छाला, फोक्सो र मृगौला लगायतको समस्या थियो।

सुरूमा चितवनको सिएमसी अस्पताल पुगेका उनलाई ज्वरो र निमोनिया देखिएको भन्दै कोरोना अस्पताल पठाइएको थियो। उनको अवस्था गम्भीर भएपछि आइसियुमा राखिएको थियो।

यही क्रममा उनको मृत्यु भएपछि कोरोना भाइरस संक्रमण भएको हो कि होइन परीक्षण गर्न उनको स्वाब काठमाडौं पठाइएको हो।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु