बुधबार, चैत १९, २०७६
GokarnaNews
maya education initaitives

कोरोना कहर : खस्यौली साप्ताहिकको प्रकाशन स्थगन

कोरोना कहर : खस्यौली साप्ताहिकको प्रकाशन स्थगन

काठमाडौं  – बुटवलबाट प्रकाशित खस्यौली साप्ताहिकले आफ्नो प्रकाशन केही समयका लागी स्थगन गरेको छ ।

कोराना भाइरस (कोभिड -१९) जोखिम बढ्दै गएपछि पत्रिका प्रकाशन स्थगन गर्ने निर्णय गरेको प्रवन्ध निर्देशक विरेन्द्र कुँवरले जानकारी दिए । उनले कोरानाको त्रास बढ्दै गएको र सरकारले समेत लकडाउन गरेकाले स्थिती सहज नहुँदासम्म तत्त्कालका लागि पत्रिका प्रकाशन नगर्ने बताए ।

प्रदेश न. ५ को क वर्गमा सूचीकृत खस्यौली साप्ताहिक विगत ७ वर्षदेखि  प्रत्येक हप्ताको विहिबार प्रकाशन हुँदै आएको थियो ।

कोरानाका कारण रुपन्देहीका अन्य सञ्चारमाध्यम समेत प्रभावित भएका छन् । दैनिक पत्रिकाहरुले अनलाई संस्करणबाट सूचना दिन थालेका छन् ।

चैत्र ४ गते फ्रान्सबाट कतारहुँदै नेपाल आएकी १९ बर्षीया नेपाली युवतीलाई कारोना संक्रमण भएको पुष्टि भएपछि जोखिम न्यूनिकरणका लागी सरकारले देश लकडाउन गर्ने निर्णयमा पुगेको हो।

संक्रमित युवतीलाई टेक अस्पतालको आइसोलेसनमा राखेर उपचार थालिएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन्।

चीनको वुहानबाट सुरु भएको कारोना अहिले विश्वका १९४ देशमा फैलिसकेको छ । कोरोनाकै कारण १६ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् भने ३ लाख भन्दा बढी संक्रमीत रहेका छन । त्यस्तै एक लाख भन्दा बढी निको भएको डब्लुएचओले जनाइएको छ ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु