आइतबार, जेठ १८, २०७७
GokarnaNews

भोलि बिहान ६ बजेदेखि १८ गतेसम्म देशभर “लकडाउन”

सरकारको भोलि बिहानदेखि लकडाउन गर्ने निर्णयहरु यस्तो रहेको छ

भोलि बिहान ६ बजेदेखि १८ गतेसम्म देशभर “लकडाउन”

काठमाडौं –  सरकारले भोलि बिहानदेखि लकडाउन गर्ने निर्णय गरेको छ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा आज बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले भोलि बिहान ६ बजेदेखि लागु हुनेगरी १८ गतेसम्मको लागि लकडाउन गर्ने निर्णय निर्णय गरेको हो। विश्वर फैलिएको कोरोना भाइरसको संक्रमण रोकथामका लागि लक डाउनको मोडालिटी अबलम्वन गरिएको हो।

खाद्यान्न र अत्यावश्यक वस्तु ढुवानी गर्नेबाहेक अरु सवारी साधन पनि चलाउने नपाइने निर्णय गरेको छ । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी जस्ता अत्यावश्यक सेवामा खटिएका तथा अनुमति प्राप्त व्यक्ति र सवारी साधनबाहेकको आवतजावत रोकिनेछ।

अत्यावश्यक सेवा प्रवाह गर्ने बाहेकका अन्य सबै सरकारी तथा सार्वजनिक कार्यालयहरु समेत बन्द गरिने भएको छ ।

बैठकले सवारी साधानमा रोक लगाउने, आन्तरिक उडान समेत बन्द गर्ने निर्णय गरेको छ ।

अत्यावश्यक आवश्यक कर्मचारी उपस्थित हुनेगरी सम्बन्धी कार्यलय प्रमुखले बिदा दिने जनाएको छ । उद्योग कर्मचारीलाई समेत बिदा दिइने भएको छ ।

त्यसैगरी बजारमा अभाव देखाइ कालोबजारी गर्नेलाई कानून बमोमिम कारबाही गरिनेछ ।

उच्चस्तरीय बैठकले थप दुई वटा निर्णय गरेको समेत सरकारका प्रवक्ता खतिडाले क्वारेन्टाइनमा राखिनेलाई सबै सुरक्षा व्यवस्था मिलाइने जनाए ।  बैठकले क्वारेन्टाइन मापदण्ड २०७६ स्वीकृत गरेको छ।

 

 

 

सम्बन्धित समाचारहरु

वडा समाचारहरु