बुधबार, चैत १९, २०७६
GokarnaNews
maya education initaitives

गायिका कनिका कपूरलाई कोरोनाको पोजेटिभ रिपोर्ट आएकोमा शंका

गायिका कनिका कपूरलाई कोरोनाको पोजेटिभ रिपोर्ट आएकोमा शंका

काठमाडौं– बलिउड गायिका कनिका कपूर यतिबेला आफ्नो गायनको कारणभन्दा कोरोना भाइरसको रिपोर्ट पोजेटिभ देखिएपछि चर्चामा छिन् । भारतीय यी गायिका कोरोना संक्रमित भए पनि पार्टीमा सहभागी भएकी थिइन् । साथै उनले शपिङ पनि गरेकी थिइन् ।

उनले अरूलाई पनि कोरोना सारेको आशंका पनि गरिएको छ । कनिकाले भने जाँच रिपोर्टमा शंका भएको बताएकी छिन् । उनले मेडिकल रिपोर्टमा गडबडी भएको हुनसक्ने बताएकी छिन् ।

कनिकाको परिवारको पनि स्याम्पल लिइयो । उनको दोस्रो स्याम्पल पनि जाँचका लागि लिइएको छ । कनिकाको परिवारका कुनै सदस्यको रिपोर्ट आएको छैन । रिपोर्ट आएका सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।

कनिका ९ मार्चमा लण्डनबाट मुम्बई आएकी थिइन् । उनले ११ मार्चमा लखनउ र १३ मार्चमा कानपुर गएकी थिइन् । यस दौरान उनले ४ सय जनासँग भेट गरेकी थिइन् ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु