शनिबार, चैत २२, २०७६
GokarnaNews
maya education initaitives

मास्क र सेनिटाइजरको अभावले पानी वितरणमा समस्या आउन सक्ने

मास्क र सेनिटाइजरको अभावले पानी वितरणमा समस्या आउन सक्ने

बजारमा मास्क र सेनिटाइजरको अभाव भएको भन्दै पानी वितरणमा समस्या परेको नेपाल बोतल वाटर उद्योग संघले जनाएको छ । सरकारले अत्यावश्यक सेवाको सूचीमा राखेको भएपनि बजारमा मास्क र सेनिटाइजरको हाहाकार हुँदा उत्पादित पानी वितरणमा समस्या परिरहेको संघले जनाएको हो ।

संघका महासचिव ध्रुव गौतमका अनुसार उत्पादकहरुले पानी उत्पादन गरिरहेको भएपनि पानी वितरण गर्न जाँदा अपनाउनु पर्ने सुरक्षा उपायका साधन नहुँदा वितरण नै ठप्प हुनसक्ने अवस्था आएको बताए ।

उनले भने ‘सरकारले पानीलाई अति आवश्यक वस्तुको सुचीमा राखेको छ । हामीले पनि निरन्तर पानी उत्पादन गरिरहेका छौँ । तर बजारमा वितरण गर्न जानका लागि आवश्यक मास्क र स्यानीटाइजर नै छैन ।

चालक तथा सहयोगीलाई मास्क र स्यानीटाइजर अत्यावश्यक नै छ । तर पनि बजारमा ती सामानहरु नपाइँदा कसरी कार्यालयमा प्रवेश गराउने र कसरी पानी वितरण गर्न पठाउने भन्ने चिन्ता भएको छ ।’

संघले पानी उद्योगहरुलाई पानी वितरणका लागि आवश्यक मास्क र सेनिटाइजर उपलब्ध गराइदिन पनि सरकारसँग आग्रह गरेको छ । सोमबार स्रोतसँग कुरा गर्दै महासचिव गौतमले मास्क र स्यानीटाइजर उपलब्ध नभए पानी वितरणमै समस्या आउने बताए ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु