शनिबार, चैत २२, २०७६
GokarnaNews
maya education initaitives

सलमान खानलाई लाग्यो ‘राधे’ को चिन्ता, घरबाटै हुनेछ सम्पादन

सलमान खानलाई लाग्यो ‘राधे’ को चिन्ता, घरबाटै हुनेछ सम्पादन

मुम्बई– हरेक वर्षको इदमा सलमान खानले फ्यानलाई कुनै न कुनै फिल्म दिने गर्छन् । यसपटक भने ईदमा फिल्म रिलिज नहुने सम्भावना थियो । त्यही बेला सलमान खानले ‘राधे’ नामक फिल्मको घोषणा गरे ।

फिल्मका लागि सलमान खानले निकै छिटोछिटो काम गरेका थिए । तर यसपटक कोरोना भाइरसका कारण सबै काम ठप्प भयो । फिल्मको शूटिङ पनि रोकियो ।

सलमान खान चाहिँ अझै पनि फिल्म ईदमा रिलिज हुनेमा विश्वस्त छन् । उनलाई लागिरहेको छ कि, छिट्टै नै यो कोरोनाको असर कम हुनेछ र सबै कुरा पुरानै अवस्थामा फर्किनेछ ।

खबरका अनुसार सलमान खानले फिल्मको सम्पादनको काम अब शुरु गर्दैछन् । सम्पादनसँग जोडिएका मान्छे उनको घरमा आएका छन् र सलमान खानसँगै फिल्मको सम्पादन थाल्नेछन् ।

जति छायांकन भइरहेको छ, त्यो सम्पादन हुनेछ । यसका लागि सलमान खानले आफ्नो समयको सदुपयोग गरेका छन् ।

प्रभुदेवाले निर्देशन गरेको फिल्म ‘राधे’ को शूटिङ अझै पनि बाँकी छ । बाँकी शूटिङ थाइल्याण्डमा गर्ने भनिएको थियो । तर, कोरोनाका कारण क्यान्सल गरिएको छ ।

निर्माण टिमले फिल्मलाई अझै पनि ईद पारेरै रिलिज गर्ने प्रयास गरिरहेको छ ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु