शनिबार, चैत २२, २०७६
GokarnaNews
maya education initaitives

रोनाल्डोले सिकाए छोराछोरीलाई हात धुने तरिका

रोनाल्डोले सिकाए छोराछोरीलाई हात धुने तरिका

काठमाडौं– नोबेल कोरोना भाइरस (कोभिड–१९) ले गर्दा फुटबल प्रतियोगिताहरु स्थगित भएपछि सेल्फ क्वारेन्टाइनमा रहेका विश्व चर्चित फुटबलर क्रिष्टियानो रोनाल्डोले आफ्ना छोराछोरीलाई हात धुन सिकाएका छन् ।

उनले आफ्ना छोरा छोरीलाई राम्रोसँग कसरी हात धुने र कोरोना भाइरसको संक्रमणबाट जोगिन सकिन्छ भनेर हात धुन सिकाएका हुन् ।

इन्स्टाग्राममा सार्वजनिक उक्त भिडियोमा रोनाल्डोले छोरा माटेओ, छोरीहरु एलाना मार्टिन र इभालाई हात धुन तरिका सिकाइरहेका छन् । रोनाल्डोको क्लब युभेन्ट्स इटालीमा कोरोना भाइरसको आतंकसँगै बन्द रहेको छ ।

समाचार तयार पार्दासम्म इटालीमा मात्रै ४ हजार ८ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने ४२ हजारभन्दा बढीमा संक्रमण भेटीएका छ ।

यस्तै, २ हजार ८ सय ५७ जनाको अवस्था चित्ना जनक रहेको छ भने ६ हजार ७२ जनालाई कोरोना निको भएको तथ्याङ्कले देखाएको छ ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु