बुधबार, चैत १९, २०७६
GokarnaNews
maya education initaitives

ग्यास अभाव भए यी स्थानमा जानुहोस् ‍(सम्पर्क नम्बरसहित)

ग्यास अभाव भए यी स्थानमा जानुहोस् ‍(सम्पर्क नम्बरसहित)

काठमाडौँ– उपभोक्तालाई रिटेलमार्फत उद्योगीले सहज तरिकाले ग्यास उपलब्ध गराउने भएका छन् । कोरोना संक्रमणको त्राससँगै काठमाडौँमा ग्यासको अत्याधिक माग बढेकोले यसो गर्न लागिएको जनाइएको छ ।

नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्तामा सूचना जारी गर्दै अत्यावश्यक परेको खण्डमा ती स्थान तथा वितरकमा गइ आवश्यकता परिपूर्ति गर्न आग्रह गरेका छन् ।

निगमले तोकेकै अधिकतम १३ सय ७५ रुपैयाँमा ग्यास उपलब्ध हुने संघले जनाएको छ । चैत ९ देखि खुल्ने ती रिटेल आउटलेटबाट बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म ग्यास पाइनेछ ।

नेपाल आयल निगमले ग्यासको आपूर्तिमा समस्या नभएको भन्दै संयमित रहन र अनावश्यक ग्यासको भण्डारण नगर्न उपभोक्तालाई अनुरोध पनि गरेको छ ।

यसैबीच नेपाल आयल निगमले निगम कार्यालयमा सहायता कक्ष स्थापना गर्ने भएको छ । मन्त्रिपरिषद् निर्णयअनुसार निगमले आइतबारदेखि सहायता कक्ष स्थापना गर्न लागेको निगमले जनाएको छ ।

ग्यास उपलब्ध हुने स्थानहरुः

१) नेपाल ग्यास र तारा ग्यास : क) बीएमसी कर्नर, बालाजु ९८५१०३२२८३ । ख) अनामनगर स्टोर, अनामनगर ०१७७०४७८ । ग) एसएन स्टोर, सातदोबाटो ०१५५२७२७९ ।
२) सगर ग्यास र चण्डी ग्यास : बिक्री डिपो, जडीबुटी ।
३) एसटीसीः क) साल्ट ट्रेडिङ कर्पोरेसन, कालीमाटी । ख) गोदाम, जडीबुटी ।
४) ओम ग्यास: क) आदर्श स्टोस, थली डाँछी । ख) उत्सव खड्का, नैकाप ९८५१०२४२७१ ।
५) बाबा ग्यास, श्री ग्यास र लुम्बिनी ग्यास: क) भद्रा फ्युल सेन्टर, कपन ९८५१२३१०८२ । ख) इलाइट सिल अगाडि, धुम्बाराही
६) एचपी ग्यास : असिम किचेन एन्ड ग्यास सप्लायर्स ९५१०६०४३६
७) सिद्धार्थ ग्यास : केसी एलपी ग्यास सप्लायर्स ०१५२०१०३३
८) श्रीमाया ग्यास : कम्पनीको डिपो सतुंगल ०१५१०८१६२
९) लोकप्रिय ग्यास : भान्जा ट्रेडर्स नैकाप ०१४३१०५२
१०) राजधानी ग्यास : बिक्री डिपो, सीतापाइला ९८४९५६३४३५
११) सूर्य ग्यास : जोशी भीमसेन स्टोर, जगाती ९८४१७५३८१६
१२) गीता ग्यास : टोयोटा शोरुमको अगाडि, धुम्बाराही ९८४१७४५२६२
१३) हिमाल ग्यास : प्रयास ट्रेडर्स एन्ड सप्लायर्स, भगवतीबहाल ९७४१२४७६४५
१४) नमस्ते ग्यास : कुमार स्टोर कागेश्वरी मनहरा ९८४१६९३६७२
१५) भानु ग्यास : लीला ग्यास डिपो, गोंगबु ९८५१२४६२५४
१६) एभरेस्ट ग्यास र सुगम ग्यास : ग्यास एन्ड अक्सिजन ट्रेड सिफल ९८०१०९१२७७
१७) श्रीराम ग्यास : सेल्स डिपो, हरिसिद्धि ललितपुर ०१५२५१२२५

सम्बन्धित समाचारहरु

वडा समाचारहरु