शनिबार, चैत २२, २०७६
GokarnaNews
maya education initaitives

युभेन्ट्सका फरवार्ड डिबाला र उनकी प्रेमिकालाई कोरोना संक्रमणको पुष्टि

काठमाडौं– अर्जेन्टिना तथा युभेन्ट्सका फरवार्ड पाउलो डिबाला र इटालीका पूर्व कप्तान पाउलो माल्दिनीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फेला परेको छ ।

डिबालाले आफ्नो इन्टाग्राम एकाउन्टमा प्रेमिकासहितको फोटो सार्वजनिक गर्दै कोरोना प्रमाणित भएको बताएका छन् । ‘ओरिना र मलाई भाइरस संक्रमण देखिएको छ,’ २६ वर्षीय डिबालाले लेखेका छन्, ‘ भाग्यवश हामी राम्रो अवस्थामा छौं ।’

यस्तै, एसी मिलानका डाइरेक्टर माल्दिनी र उनका छोरा ड्यानीयललाई पनि संक्रमण देखिएको छ ।

माल्दिनी र उनका छोरालाई संक्रमण देखिएको विज्ञप्तिमार्फत् क्लबले जानकारी गराउँदै उनीहरुको अवस्था राम्रो रहेको उल्लेख गरेको छ ।

अहिले २ हप्ता माल्दिनीका बाबु छोरा ‘सेल्फ आइसोलेसनमा रहने र त्यसपछिको समय चिकित्सकहरुको सल्लाह बमोजिम क्वारेन्टाइममा रहने क्लबले जनाएको छ ।

कोरोनाको संक्रमण भेटीएका डिबाला युभेन्ट्सका तेस्रा खेलाडी हुन् । यसअघि सेन्ट्रल ब्याक ड्यानीयल रुगानी र फ्रान्सका विश्व विजेता ब्लाइसे माटुइडीलाई पोजेटिभ भेटिएको थियो ।

इटाली सरकारले अप्रिल तीन सम्मका लागि सबै खेल गतिविधि बन्द गरिसकेको छ । अहिलेसम्म इटालीमा ४ हजार ८ सय २५ जनाको मृत्यु भएको छ ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु