बुधबार, चैत १९, २०७६
GokarnaNews
maya education initaitives

भारतले आइतबारदेखि सीमानाका बन्द गर्ने, नेपालीलाई फरक नपर्ने

भारतले आइतबारदेखि सीमानाका बन्द गर्ने, नेपालीलाई फरक नपर्ने

काठमाडौं– कोरोना भाइरसको विश्वब्यापी महामारी रोक्न भारतले आइतबार राति १२ बजेदेखि लागू हुने गरी नेपाल, भुटान, बंगलादेश र म्यानमारका सीमानाका बन्द गर्ने निर्णय गरेको छ ।

भारतीय गृह मन्त्रालयको फरेनर्स भिभिजनअन्तर्गतको अध्यागमन सेक्सनका तर्फबाट उपसचिब समिप अहमदद्वारा शुक्रबार साँझ जारी सूचनामा नेपालीहरुको आवतजावत प्रभावित नहुने स्पष्ट पारेको छ । भारतले नेपालका चारसहित चार मूलुकका २० नाकाबाट विदेशी यात्रुहरुको आवागमन बन्द गर्नेछ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क मुलुकका नेतृत्वबीच कोरोना नियन्त्रणका लागि कठोर रणनीति तय गर्न सहकार्य गर्नुपर्ने धारणा सार्बजनिक गरेकै दिन भारतले नेपाली र भूटानी नागरिकबाहेकका लागि सबै सीमानाका बन्द गरेको हो ।

नेपाल जोडिएका उत्तराखण्डको बनबासा, उत्तर प्रदेशको सुनौली, विहारको रक्सौल र पश्चिम बंगालको रानीगन्ज नाकाबाट अनिश्चितकालका लागि यात्रु ओहोरदोहोर बन्द गरिने उल्लेख छ ।

भारतीय कूटनीतिक स्रोतका अनुसार नेपालबाट भारत जाने तेस्रो मुलुकका यात्रुलाई मात्र बन्देज लगाइएको हो । नेपाली नागरिकका हकमा यसले फरक पार्दैन । नयाँ पत्रिका दैनिकबाट

सम्बन्धित समाचारहरु

वडा समाचारहरु