बिहिबार, जेठ १५, २०७७
GokarnaNews

सुकुम्बासीहरुको उचित व्यवस्थापन र स्थानान्तरणको माग राख्दै संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले थाल्यो जनजागरण अभियान

सुकुम्बासीहरुको उचित व्यवस्थापन र स्थानान्तरणको माग राख्दै संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले थाल्यो जनजागरण अभियान

काठमाडौं – संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले उपत्यका स्तरीय जनजागरण अभियान सुरु गरेको छ ।

‘‘हाम्रो अभियान, सुकुम्बासी मुक्त राष्ट्र निर्माण’’ नाराको अभियान मार्फत मोर्चाले भुमिहिन,सुकुम्बासी र अव्यवस्थीत बसोबास भएकाहरुको उचित व्यवस्थापनका तथा स्थानात्तरणको माग राख्दै अभियान सुचारु गरेको हो ।

जनजागरण अभियानको उद्घाटन एक कार्यक्रमकाबीच बुधवार काठमाडौं महानगरपालिका १४ बल्खुबाट मोर्चाका अध्यक्ष कुमार कार्कीले गरेको मोर्चाका महासचिव अर्जुन कुँवर (दिपकजंग) ले जानकारी दिए ।

उनका अनुसार मोर्चाले बसोबासको अधारमा जोखिममुक्त लाई सोही स्थानमा र जोखिम युक्तलाई त्यही वडा भित्र भुस्वामित्व सहित स्थान्तरण गर्नु पर्ने,इच्छाएको एव्म सम्मानजनक बिकल्प बिना कुनै पनि सुकुम्बासी लाई बिस्थापन गर्न नहुने,आठौं भुमी संशोधन विधेयकलाइ तत्काल नबौ संसोधन गरि सुकुम्बासीले बसोबासको अधारमा स्वत्तः जमिन पाउने विधेयक ल्याउनु पर्ने र बन्दै गरेको आयोगमा अनिवार्य मोर्चाको प्रतिनिधित्व गराउनु पर्ने लगाएतका मागहरु अगाडी सारेको हो ।

जागरण अभियानका संयोजक टिकाराम गुरुङले सभापतित्व गरेको उक्त कार्यक्रममा संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका अध्यक्ष कुमार कार्की प्रमुख अतिथि थिए भने विशिष्ट अतिथिहरुमा मोर्चाका संरक्षक दिपक राई, अखिल नेपाल सुकुम्बासी संघका केन्द्रीय अध्यक्ष अमर परियार बरिष्ठ सल्लाहकार हुकुम ब. लामा रहेका थिए । त्यस्तै अतिथिमा पदम सिजापति, कुमार राई, मणि लामा, सिपी लामा, काल ब विक सेते तामाङ मोर्चाका पदाधिकारी तथा सदस्यहरुको व्यापक जनसहभागिता रहेको थियो ।

संयुक्त मोर्चामा ८ घटकहरु रहेका छन् जसमा नेपाल बसोबास बस्ती संरक्षण समाज,अखिल नेपाल सुकुम्बासी संघ,नेपाल सुकुम्बासी व्यवस्थापन संघ,अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघ,अखिल नेपाल सुकुम्बासी संघ (गोपाल किराँती), नेपाल लोकतान्त्रिक सुकुम्बासी संघ,नेपाल सुकुम्बासी संघ,सुकुम्बासी विशेष क्षेत्र संघ (बहुल मोर्चा) रहेका छन् भने अभियानमा एक्यवद्धता जनाउनेहरुमा नेपाल महिला एकता समाजका केन्द्रीय कोषाध्यक्ष बिना बुद्धाचार्य,बस्ती संरक्षण अभियान, नेपाल अध्यक्ष काल बहादुर बिक,विराटनगर महानगर पालिकाका पुर्व मेयर तथा नेपाल स्वतन्त्र नागरिक समाजका अध्यक्ष धुव्र नारायण श्रेष्ठले जागरण अभियानको सफलताको शुभकामना दिदै एक्यबद्धा जाहेर गरेका थिए ।

बल्खुबाट सुरु भएको अभियान चैत्र ५ गते सम्म चल्ने महासचिव कँवरले बताए । उनले काठमाडौं उपत्यकामा रहेका ६८ सुकुम्बस्तीहरुमा जागरण अभियान पु¥याउने लक्ष लिएर अभियान चलाइएको बताए । महासचिव कुँवरका अनुसार बुधवार बिहान बल्खुबाट सुरु भएको अभियान दिउँसो कामनपा ११ बंशीघाट आएर रोकिएको थियो भने आज(बिहिवार) विहान अभियान थापथलीमा रहेको सुकुम्बासी वस्ती पुगेको थियो । आजै दिउँसो ३ बजे संखमुल पुगेर वस्तीमा जागरणको कार्यक्रम गरिने छ ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु