बुधबार, चैत १९, २०७६
GokarnaNews
maya education initaitives

विप्लवका सिन्धुपाल्ञ्चोक जिल्ला सेक्रेटरी नेकपामा प्रवेश

विप्लवका सिन्धुपाल्ञ्चोक जिल्ला सेक्रेटरी नेकपामा प्रवेश

काठमाडौं – नेत्र विक्रम चन्द ‘विप्लव’ समुहका सिन्धुपाल्ञ्चोक जिल्ला सेक्रेटरी भुवनसिंह तमाङ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन ।

नेकपाले देश र जनताप्रति देखाएको कार्यशैलिवाट प्रभावित भएको भन्दै सेक्रेटरी तमाङ नेकपामा प्रवेश गरेका हुन ।

देशले स्थीरता र विकास चाहेको र जनताको मुहरमा खुसी ल्याउनको लागी नेपाल कम्युनिष्ट पाटी (नेकपा)को विकल्प नदेखेकाले उनीले वताए ।

तामाङले विगतमा पनि नेकपा एमालेमा रहेर लामो समय काम गरेका थिए । २०५४ को स्थानीय निर्वाचनमा वडा अध्यक्ष वनेका तमाङले पुरानै घर फर्किएको वताएका छन ।
उनलाई नेपाल कम्युनिष्ट पाटी (नेकपा)का जिल्ला अध्यक्ष झम्क नेपालले पार्टी प्रवेश गराउँदै भनें , योगदानलाई मुल्याकंन गर्दै उचित जिम्मेवारी दिने वताएका छन ।

पार्टी एकता र सुद्धढिकरणको अभियानमा लागेको नेकपा छरिएर रहेका प्रगतिशील र वामपन्थी विचारधारा बोकेकाहरुलाई एकतावद्ध गराउँदै अगाडी बढ्ने अध्यक्ष नेपालको भनाई थियो ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु