आइतबार, असोज ०४, २०७७
GokarnaNews

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

मास्क लगाएरै होली(फोटोफिचर)

मास्क लगाएरै होली(फोटोफिचर)

काठमाडौं – कोरोना भाइरस संक्रमणको त्रासबीच प्रशासनको आग्रहअनुसार यसपालिको होली शान्त रुपमा मनाइँदै छ । पहिले पहिले जबरजस्ती र पानीका लोला हान्ने गरिए पनि यस पटक निकै सौहार्दपूर्ण रुपमा नजिकका चिनेका मान्छेबीच मात्रै सामान्य रङ दलेर होली पर्व मनाइँदैछ ।

काठमाडौंको वसन्तपुरमा युवा युवतीहरु मास्क लगाएरै होली खेलिरहेका छन् । बसन्तपरमा विदेशी पर्यटहरु पनि मास्क लगाएरै होलीमा रमाइरहेका छन् । गत वर्षभन्दा यसपालि निकै कम मानिसको उपस्थिति रहेको छ । विश्वभर फैलिरहेको कोरोनाको संन्त्रासका कारण रंगहरुको पर्व फागुपूर्णीमा अर्थात होलीमा यसपाली तेती रमझम भने हुन सकेन ।

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

सम्बन्धित समाचारहरु

वडा समाचारहरु