बिहिबार, जेठ १५, २०७७
GokarnaNews

कोरोनाको नाममा ठगी गर्ने प्रवृत्ति बढ्दै, वीर अस्पतालको फार्मेसीदेखि बिग मुभिज कारबाहीमा

कोरोनाको नाममा ठगी गर्ने प्रवृत्ति बढ्दै, वीर अस्पतालको फार्मेसीदेखि बिग मुभिज कारबाहीमा

काठमाडौं– कोरोना भाइरसको नाममा उपभोक्तालाई ठगी गर्ने प्रवृत्ति बढ्दै गएको छ । सोही नाममा उपभोक्तासँग महँगो शुल्क लिने, बिलबिजक नदिने प्रवृत्ति बढ्दै गएको हो । उपभोक्ता ठगेकै कारण वाणिज्य विभागले बुधबार र बिहीबार दुईओटा ठूला कारबाही गरेको छ ।

विभागले वीर हस्पिटल परिसरमा रहेको आयुष फार्नेसीलाई दुई लाख जरिवाना गरेको छ भने कमलपोखरीको विग मुभिजलाई २ लाख ५० हजार रुपैंया कारबाही गरेको छ । यी दुवै फर्मलाई अनुचित व्यापारिक कारोबार गरिएको भन्दै कारबाही गरिएको विभागका महानिर्देशक नेत्र सुवेदीले जानकारी दिए ।

सेवाग्राहीलाई महँगो शुल्क लिएको, बिलबिजक जारी नगरेको र सुविधा उल्लेख गरेर पनि उपलब्ध नगराएको देखिएका संरक्षण विभागले कारबाही गर्ने गरेको छ । पछिल्लो समय भने कारोना भाइरसको प्रकोप देखिएपछि सोही नाममा महँगी बढेको भन्दै चर्को शुल्क लिने प्रवृत्ति बढेको पाइएको विभागले जनाएको छ ।

विभागले दुई दिनमा मात्रै ७ ओटा फर्मलाई ४ लाख ९५ हजार जरिवाना तिराएको छ । जसमा यी दुई कम्पनीका अतिरिक्त केही सर्जिकल फर्महरु छन् । विभागले क्षेत्रपाटीको एसजे मेडिकललाई २० हजार, महाबौद्धको आरएफ फार्मेसीलाई १० हजार, त्रिपुरेश्वरको खनाल सर्जिकल, अर्जना सर्जिकल र फिस्टेल सर्जिकललाई ५/५ हजार रुपैंया जरिवाना गराएको छ ।

कोरोना भाइरसका कारण औषधीको आपूर्तिमा अहिले समस्या देखिए पनि बजारमा औषधीको पर्याप्त स्टक छ । तर व्यवसायीहरु भने यही नाममा उपभोक्ता ठग्दै आएका छन् ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु