बुधबार, चैत १९, २०७६
GokarnaNews
maya education initaitives

भारतमा कोरोनाको संक्रमण तीब्र रुपमा फैलदै,नेपाल-भारत खुल्ला सिमाका कारण नेपाली त्रसित (भिडियो हेर्नुहोस्)

भारतमा कोरोनाको संक्रमण तीब्र रुपमा फैलदै,नेपाल-भारत खुल्ला सिमाका कारण नेपाली त्रसित (भिडियो हेर्नुहोस्)

काठमाडौं – कोरोना भाइरसको संक्रमण भारतमा पनि फैलने क्रम तीब्र बनेको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्री डा हर्षवर्धनले फेला परेका कोरोना संक्रमित सबै ३० जनालाई निगरानीमा राखिएको बिहीबार संसदमा जानकारी गराएका छन् । भारतमा संक्रमित मध्ये १६ जना इटालियन नागरिक रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

गत साता भारतको राजस्थान घुमेर फर्किएका एक इटालियन नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएको र त्यसपछि क्वारेन्टाइनमा राखिएका बाँकी १५ जनामा बुधबार कोरोना भाइरसको संक्रमण देखिएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

इटालीका पर्यटकहरुलाई घुमाउने बसका ड्राइभरलाई समेत कोरोना भाइरसको संक्रमण देखिएको बताइएको छ ।यसैगरी आग्रामा एक व्यक्तिले आफ्ना परिवारका ६ जनामा कोरोना भाइरसको संक्रमण सारेको पुष्टि भएको छ ।इटालीबाट आएका ती व्यक्तिले आफ्ना परिवारका ६ जनामा भाइरसको संक्रमण सारेको पनि उल्लेख गरिएको छ ।

भाइरसको संक्रमण फैलँदै गर्दा भारतले विशेष सावधानी अपनाउन शुरु गरेको छ ।

भारतले कोरोना भाइरसका कारण राजधानी दिल्लीका सबै प्राथमिक स्कूलहरु एक महिनाका लागि बिदा गर्ने घोषणा गरेको छ । त्यस्तै सरकारी कार्यालयमा बायोमेट्रिक हाजिरीमा पनि रोक लगाइएको छ ।

युरोपियन युनियन र भारतका बीच हुनलागेको शिखरवार्ताका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तय भएको बेल्जियम यात्रा पनि स्थगित गरिएको छ ।

यता नेपाल -भारत खुल्ला सिमानाका कारण भारतबाट समेत नेपालमा कोरोना संक्रमीत भित्रन सक्ने भन्दै नागरिक स्तरबाट आवाज उठेपनि नेपाल सरकारले भने नेपाल -भारत सिमामा विशेष सवाधानी अपनाउन नसकेको पाइएको छ ।

खुल्ला सिमाका कारण नाकाहरुबाट नेपाल -भारत भित्रने पर्यटक सहजै आवात जावत गरिरहेका छन् ।

विरगंज नाकामा हेल्थ डेस्क छ तर त्यहाँ कुनै चेकजाँच नगरी पर्यटकहरु नेपाल -भारत वारपार गरिरहेका छन् । हेल्थ डेस्कमा काम गर्ने स्वास्थयकर्मी समेत मास्क गल्बस् नभएको भन्दै गुनासा समेत गरेका छन् ।

विश्वमा कोरोनाले भयावह लिइरहेको अवस्थामा नेपाल सरकारले यस्ता सिमामा कडाई नगर्ने हो भने यसले नेपालमा पनि भयावह रुप लिन सक्छ । भिडियो हेर्नुहोस यस्तो छ अवस्था

सम्बन्धित समाचारहरु

वडा समाचारहरु