बुधबार, चैत १९, २०७६
GokarnaNews
maya education initaitives

नेपाली कला,संस्कृति र संस्कारको संरक्षण गर्दै साइप्रसमा मनाइयो ग्याल्पो लोसार

नेपाली कला,संस्कृति र संस्कारको संरक्षण गर्दै साइप्रसमा मनाइयो ग्याल्पो लोसार

साइप्रस – २१४७ च्याक फो चिवा ल्हो ग्याल्पो ल्होसार साइप्रसमा उत्सवको रुपमा मनाइएको छ ।

वैदेशिक रोजगारीको शिलसिलामा साइप्रसमा भेला भएका शेर्पा र गैर शेर्पाहरुले समेत हर्षोल्लासका साथ लोसार मनाए । विविध सांस्कृतिक प्रस्तुतीका साथमा लोसार शुभकामना आदानप्रदान कार्यक्रम सौहार्दपूर्ण रुपमा मनाइएको हो ।

शेर्पा किदुग साइप्रसको आयोजना भएको कार्यक्रममा चर्चित युवा गायक दावा के शेर्पाले कार्यक्रममा सांगीतिक प्रस्तुती पस्के । शेर्पा युवाहरुले संस्कृतिमा आधारित स्याब्रु नृत्य प्रस्तुत गरे । मार्च १ मा लिम्सोलमा आयोजना गरेको कार्यक्रममा शेर्पा परिकारका साथमा शेर्पा पहिरनमा सजिएका युवाहरुको वाक्लो उपस्थिती रहेको महासचिव ङिम दिकी शेर्पाले जानकारी दिइन् ।

दैनिक कार्यतालिकालाई समायोजन गरेर केही सयम निकालेर आफ्नो कला, संस्कृति र संस्कारको संरक्षणमा प्रवासबाट समेत योगदान पुर्याउन सकोस् भन्ने हेतुले कार्यक्रम आयोजना गरेको आयोजक संस्थाका अध्यक्ष ङिमा याङजु शेर्पाले जानकारी दिइन् ।

कार्यक्रममा सहभागि हुन विभिन्न शहरबाट यातायातको व्यवस्थापन गरिएको थियो भने शुकामना अदानप्रदानपछि आयोजित सांस्कृतिक कार्यक्रमसँगै डिजे विकास श्रेष्ठले डिजेइग गरेर मनोरञ्जन प्रदान गरे । वैदेशिक रोजगारीका क्षेत्रमा महिलाहरुलाई विशेष अवसरको रुपमा रहेको साइप्रसमा नेपालीको जनसंख्या बढ्दो छ । शेर्पा समुदायको समेत यहाँ वाक्लो उपस्थिती रहेको छ ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु