मङ्गलबार, बैशाख २८, २०७८
GokarnaNews

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

फागु पर्वको औपचारिक सुरुवात,बसन्तपुरमा चीर ठड्याइयो

काठमाडौं – रंगहरुको उत्सव होली अर्थात फागु पर्व औपचारिक रुपमा सुरु भएको छ । काठमाडौँको बसन्तपुरमा मंगलबार बिहानको शुभसाइतमा होलीको लिंगो ठड्याएसँगै पर्व सुरु भएको हो ।

रंगिन ध्वजासहितको चीर ठड्याउने बेला नेपाली सेनाको गुर्जु पल्टनले हर्ष बढाइसमेत गरेको थियो।

हरेक वर्ष फागुन शुक्ल अष्टमीका दिन चीर ठड्याउने चलन छ । यो वर्षको होली पहाडका जिल्लामा आउँदो सोमबार र तराईका जिल्लामा मंगलबार मनाईँदै छ ।