शनिबार, चैत २२, २०७६
GokarnaNews
maya education initaitives

करिब १२ लाखभन्दा बढी नेपाली कार्यरत खाडीदेशहरुमा कोरोना संक्रमण फैलदो,सतर्क रहन आग्रह

करिब १२ लाखभन्दा बढी नेपाली कार्यरत खाडीदेशहरुमा कोरोना संक्रमण फैलदो,सतर्क रहन आग्रह

काठमाडौं – नेपालीसहित विदेशी आप्रवासी कामदारको बाक्लो संख्या रहेको खाडीका देशमा कोरोना भाइरसको संक्रमण बढेपछि त्यहाँस्थित नेपाली दूतावासहरुले सूचना जारी गर्दै सतर्क रहन र समस्या परे स्थानीय स्वास्थ्य मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरेका छन् ।

हालसम्म त्यहाँ कार्यरत नेपाली कोरोनाबाट संक्रमित भएको खबर आइसकेको छैन ।

खाडीका देशमध्ये बिहीबारसम्म बहराइनमा ३३, कुवेतमा ४५, यूएईमा २१, ओमानमा ४, कतारमा एक जना संक्रमित भएको स्थानीय संचारमाध्यमले जनाएका छन् ।

इरानबाट आएका यात्रुबाट कोरोना संक्रमण भएपछि ती देशले इरानका सबै उडान बन्द गरेका छन् ।

स्थानीय सरकारले आफ्ना नागरिक, आप्रवासी र यात्रुलाई अनिवार्य मास्क लगाउन, भीडभाडमा नजान भनेकाले त्यहीअनुसार सतर्कता अपनाइएको कुवेतस्थित विमानस्थलमा कार्यरत नेपालीले बताए ।

नेपाली दुतावास बहराइन र कुवेतले कोरोना भाइरसका सम्भावित लक्षणहरुको जानकारीसहित त्यहाँ कार्यरत नेपालीलाई त्यसबाट सतर्क रहन आग्रह गरेको छ ।

बहराइनस्थित दुतावसले सार्वजनिक स्थल, अस्पताल, सिनेमा घर, सार्वजनिक यातायत, सपिङ मलजस्ता भीडभाड हुने ठाउामा सकभर नजान र जानैपरे अनिवार्य रुपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ ।

उता, साउदी अरबले दुई साता मुस्लिमहरुको पवित्रस्थल मक्का र मदिना प्रवेशमा विदेशीलाई रोक लगाएको छ ।

खाडी क्षेत्रमा बैंक, सपिङ कल, हवाई सेवा, स्कुल, कलेज र सार्वजनिक कार्यक्रमहरु कोभिड—१९ का कारण प्रभावित छन् ।

खाडी मुलुकमा १२ लाखभन्दा बढी नेपाली कार्यरत रहेको अनुमान छ ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु