सोमबार, चैत १७, २०७६
GokarnaNews
OnlineKhabarHub
maya education initaitives

पुस्तकको बिक्री व्यापार हो,ज्ञानको व्यापार होइन,ज्ञानको व्यापार भनेर दिग्भ्रमित नगरौं: मन्त्री खतिवडा

पुस्तकको बिक्री व्यापार हो,ज्ञानको व्यापार होइन,ज्ञानको व्यापार भनेर दिग्भ्रमित नगरौं: मन्त्री खतिवडा

काठमाडौं – अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले विकास खर्च गत वर्षको तुलनामा कम नभएको स्पष्ट पारेका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक कार्यक्रममा मन्त्री खतिवडाले समग्र मुलुकको एकीकृत वित्तीय विवरणले विकास खर्च राम्रो भएको देखाएको दाबी गरे । उनले आर्थिक वर्षको अन्त्यसम्ममा बजेटको ९० प्रतिशतभन्दा बढी खर्च हुने जिकिर गरे ।

निर्माण व्यवसायी, ठेक्कापट्टासम्बन्धी विवादलगायतका कारण आर्थिक वर्षको सुरुवाती दिनमा विकास खर्च हुन नसके पनि पछिल्लो अवस्था सन्तोषजन रहेको उनको भनाइ छ ।

पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको ७० करोड कमिसनसम्बन्धी अडियो प्रकरण छानविनका सम्बन्धमा सञ्चारकर्मीले सोधेको प्रश्नको उत्तर दिँदै मन्त्री खतिवडाले सरोकारवाला र सम्बन्धित निकायहरुले अध्ययन गरिरहकाले उनीहरुबाट आउने नतिजा पर्खन आग्रह गरे ।

‘मिश्रित धारणाहरु आइरहेका छन् । अख्यिारयारलाई पनि थाहा छ । संसदीय समितिलाई थाहा छ,’ उनले भने, ‘संवैधानिक, कानुनी र संस्थागत विधिबाट निक्र्योल हुन दिउँ । कानुनी अधिकार प्राप्त निकायले अध्ययन गरोस् ।’

ठूला भ्रष्टाचार, अभावजन्य भ्रष्टाचार नभएको भन्दै उनले कर्मचारीको तलब बढाएर ससाना भ्रष्टाचार घटाए पनि त्यसले समग्र मनोवृति परिर्वतन नगर्ने स्पष्ट पारे ।

पुस्तक बिक्रीमा लगाएको करकासम्बन्धी सञ्चारकर्मीको जिज्ञासामा मन्त्री खतिवडाले राष्ट्रिय उद्योग र सेवा उद्योगलाई संरक्षण दिन सरकारले कर लगाएको प्रष्टीकरण दिए । पुस्तक बिक्रीमा धेरै मुलुकले मूल्य अभिवृद्धि कर लगाउने गरेको र त्यो कर १८ प्रतिशतसम्म रहेको उल्लेख गर्दै उनले अर्बौं रुपैयाँ लगानी गरेर स्वदेशमा स्थापना भएका प्रेसले गर्ने कागज आयातमा पनि कर लगाएकाले पुस्तकमा लगाइएको कर जायज भएको दाबी गरे ।

उनले पुस्तकको बिक्री व्यापार भएकाले सरकारले ज्ञानमा कर लगायो भनेर भ्रम फैलाउने काम नगर्न आग्रह गरे । उनले भने, ‘पुस्तकको व्यापार हो । ज्ञानको व्यापार होइन । ज्ञानको व्यापार भनेर दिग्भ्रमित नगरौं ।’

मौरिससबाट आउने लगानी रोकिएको सम्बन्धमा मन्त्री खतिवडाले स्रोत खुलेका र बैंकिङ प्रणालीबाट आउने लगानी प्रभावित नहुने स्पष्ट पारे ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु