सोमबार, चैत १७, २०७६
GokarnaNews
OnlineKhabarHub
maya education initaitives

गिनिज बुकमा नाम लेखाएको ११ दिनमै ११२ बर्षीया वृद्धको मृत्यु

गिनिज बुकमा नाम लेखाएको ११ दिनमै ११२ बर्षीया वृद्धको मृत्यु

एजेन्सी – विश्वकै जिवित वृद्धमा गिनिज बुकमा नाम लेखाएको ११ दिनपछि जापानका जिटेट्सु वाटानाबेको मृत्यु भएको छ । उनले १२ फेब्रुअरीमा गिनिज बुकमा नाम लेखाएका थिए । त्यतिबेला वाटानाबे ११२ वर्षका थिए । उनको मृत्यु गत आइतबार भएको हो ।

मार्चमा उनको जन्म दिन आउँदै थियो । ११ दिनपछि जन्मदिन मनाउने तयारी भइसकेको थियो । तर उनको निधन भयो । यसको कारणबारे कुनै जानकारी छैन । ५ मार्च सन् १९०७ मा जन्मिएका वाटानाबे कृषिका जानकार थिए । उनी ताइवानमा काम गरे । १०४ वर्ष हुँदासम्म उनी खेतीपातीमा समेत ध्यान दिन्थे । चार सन्तानका बाबु उनले विश्वयुद्धमा समेत सैनिकका रुपमा काम गरेका थिए ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु