बुधबार, चैत १९, २०७६
GokarnaNews
maya education initaitives

जीवनमरणको दोसाँधमा छटपटिरहेका बालक भन्छन्ः “मलाई बचाउनुहोस, ठुलो भएर म डाक्टर बन्न चाहान्छु !” (भिडियो)

जीवनमरणको दोसाँधमा छटपटिरहेका बालक भन्छन्ः “मलाई बचाउनुहोस, ठुलो भएर म डाक्टर बन्न चाहान्छु !” (भिडियो)
  • मीन बहादुर तामाङ

काभ्रे– बेथाञ्चोक गाँउपालिका–३ बोल्दे निवासी विश्वास तामाङ यतिखेर कलिलो उमेरमै ब्लड क्यान्सरको सामना गरिरहेका छन् । ९ औ बसन्त पार गरि १० औ मा टेक्दै गर्दा अचानक गत पौषमा ब्लड क्यान्सर भएको काठमाडौंस्थीत कान्ति बाल अस्पतालले पुष्टि गरेको छ ।

कृषिमै निर्भर रहदै आएका बुवा बुद्ध बहादुर तामाङ र आमा सविना गोले उही विश्वास तामाङकै शिक्षा/दिक्षा एवं उचित लालनपालन गरि भविष्यमा ठुलो मान्छे बनाउने सपनाका साथ आमाबाबाको काखमा लुटुपुटु गरेर खेलाउनुको अलावा बाध्यताले विदेशिएका थिए । भविष्यको एक्लो साहारा विश्वासलाई जब क्यान्सर भएको थाहा भयो तब सारा सपना हावामा विलिन हुन् पुग्यो । नहोस पनि कसरी आधा दशक विदेश बसेर कमाएको सबै सम्पति सकिदा समेत अझै ८ महिना सम्म थप उपचार गर्नुपर्ने डाक्टरको जानकारीले पैसाको जोहो गर्न झन सकस भएको बताउदै आखाँभरी आँसु पार्दै आमा सविनाले बताईन् ।

घरनजिकै गोरखनाथ प्रा.विमा कक्षा ५ मा पढ्दै गरेका विश्वास सबैसँग घुलमिल हुने र मिलनसार समेत थिए । पढाईमा अब्बल रहेका उनी यतिखेर भने ती दिनहरु सम्झदै अस्पतालको शैय्यामा जीवन मरणको दोधारमा छटपटिरहेका हुदाँ उनलाई मानवताका नाताले संसारभरि रहनुभएका सबै सहयोगी मनहरुप्रति सकेको सहयोग गरिदिनुहुन अनुरोध गरेका छन् । बुवा बुद्ध बहादुर तामाङको नाममा बेथान्चोक गा.पा स्थीत ग्लोबल आई एम ई बैङ्कमा रहेको खाता नं C५०७०१०००१७६४ मा  आफुले सकेको सहयोग गरिदिनुहुन अनुरोध गरेका छन् । यसका साथै थप जानकारीको लागि मोबाईल नं ९८४०६१७१५५मा सम्पर्क गरिदिनुहुन् आर्दिक अनुरोध गरेका छन् ।

सम्बन्धित समाचारहरु

काठमाडौं – कोरोना भाइरस संक्रमणलाई ध्यानमा राखी नेपाल ग्यास उद्योगले बुधबार(आज)देखि ६ स्थानबाट ग्यास वितरणको तयारी गरेकोे छ ।

नेपाल ग्यासको अभाव धेरै भएको गुनासो आएपछि उपभोक्ताको गुनासो सम्बोधन गर्दै बालाजु औद्योगिक क्षेत्रबाहेक नयाँ क्षेत्रमा ग्यास वितरणको तयारी भएको कम्पनीले जनाएको छ ।

नेपाल ग्यास कम्पनीका कार्यकारी निर्देशक गोकुल भण्डारीले उपभोक्ताको गुनासोअनुसार अतिरिक्त रुपमा आधा दर्जन स्थानमा तीन दिनसम्म ग्यास वितरण गर्न लागिएको बताए ।
उनका अनुसार काठमाडौँ उपत्यकाका ६ स्थानमा मिलाएर तीन दिनसम्म ग्यास वितरण गरिनेछ ।

उनले तीन दिनमा दुई दुई स्थानबाट ५६० वटासम्म सिलिण्डर वितरणको तयारी गरेको जानकारी दिए ।

बुधबार बिहान १० बजे सुरक्षाकर्मीका साथमा चाबहिल चोक र बाफल चोक, बिहीबार कोटेश्वर चोक र बानियाँटार चोक तथा शुक्रबार भनिमण्डल चोक र महाराजगञ्ज चोकवाट ग्यास सिलिण्डर वितरण गरिनेछ ।

काठमाडौंका यी स्थानमा आजबाट नेपाल ग्यास वितरण हुँदै

घोराही – घोराही उपमहानगरपालिका वडा नं.२ का वडा सचिव नारायण आचार्य पक्राउ परेका छन्।

उनीमाथि घोराही १८ नवलपुरस्थित आफ्नो घरमा डेरामा बस्दै आएकी तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ गणेपुरकी २० बर्षीया नर्स सिर्जना खड्कालाई निकालेको आरोप लागेको थियो।

त्यो खवर सार्वजनिक भए लगतै वडा सचिव आचार्यलाई आवश्यक कारवाहीका लागि पक्राउ गरिएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए।

घोराहीस्थित एक निजी हस्पिटलमा कार्यरत नर्स खड्का गत मंसिरदेखि साथीहरु संगै मिलेर आचार्यको घरमा भाडामा बस्दै आएकी थिइन्।

त्यहाँबाट निकालिएपछि हाल घोराहीस्थित एक होटेलमा बस्दै आएको खड्काले जानकारी दिएकी छिन्।

नर्सलाई घरबाट निकाल्ने वडा सचिव पक्राउ

भैरहवा – नेपाल प्रवेश गर्ने अनुमति नपाएपछि सुनौली सीमा क्षेत्रमा तीन दिनदेखि अलपत्र परेका सयौं नेपाली अन्ततः मंगलबार साँझ रुदै भारततर्फ लागेका छन् ।
उनीहरुलाई भारतीय सुरक्षाकर्मीको ठूलो समूहले दशगजा सिमानामा आएर चार–पाँच वटा बसबाट साँझ ६ बजेतिर भारततर्फ नै फर्काएको थियो। दशगजा सिमानामा सोमबार रातिदेखि धर्नामा बसेका नेपालीलाई भारतीय सुरक्षाकर्मीले नेपाल र भारत सरकारबीच अर्को निर्णय नहुञ्जेल व्यवस्थित रुपमा क्वारेन्टाइनमा राखिने प्रतिबद्धता जनाउँदै भारततर्फ फर्काएका थिए।

दशगजामा रहेका नेपालीलाई भारतीय सुरक्षाकर्मीले भारत फर्किन अनेक आग्रह गर्दा त्यहाँ खटिएका नेपाली सुरक्षा अधिकृतहरुले यसबारेमा माथिल्लो स्तरमा छलफल जारी रहेकाले कतै नजान भन्दै सुरुमा सल्लाह दिए पनि अन्तिममा भारत फर्कनका लागि दबाब दिएका थिए।

भारतीय र नेपाली सुरक्षाकर्मीले उनीहरुलाई भारततर्फ फर्कनका लागि दबाब दिँदा भने त्यस क्षेत्रको अवस्था निकै कारुणिक र विरक्तलाग्दो थियो। ‘बरु हामी यही दशगजामा भोकै बसेर मर्न तयार छौं तर भारततर्फ जाँदैनौं,’ दशगजा सिमानामा बसेका नेपाली सामूहिक रुपमा चिच्याउँदै बिन्तीभाउ गर्दै थिए, ‘हिजो हामीलाई भारतमा बस्न नदिएर नेपाल आउन बाध्य बनाइएको थियो।’
दुवैतर्फ सुरक्षाकर्मीले दशगजाबाट उठेर भारततर्फ जान बाध्य बनाएपछि कैयौँ नेपाली रोएका थिए। केही भने आक्रोशित हुँदै नेपाल सरकारविरुद्ध नाराबाजी गर्दै थिए। कतिले आफूलाई नेपाली नागरिक भन्नसमेत लाज लाग्ने वातावरण नेपाल सरकारको तर्फबाट भएको भन्दै आक्रोश व्यक्त गर्दै थिए। केहीले विपत्मा परेका आफ््नै नागरिकलाई नेपाल सरकारले उद्धार गर्नुको सट्टा भारततफर् नै धकेलेर आफ्नो दायित्वबाट पन्छिएको आरोप लगाएका थिए।

दशगजाबाट उठाएर जबर्जस्ती भारततर्फ बसमा राख्ने बेला उनीहरुले नेपाल सरकारविरुद्ध नाराबाजी गरेका थिए। सबैजना बसमा बसेर भारत फर्किन लाग्दा अर्घाखाँची पणेनीकी शान्ता विक आफन्तको छातीमा टाँसिएर रोइरहेकी थिइन्। ‘बरु म यहीँ मर्छु आज मेरो देश नै पराइ बन्यो,’ उनी बिलौना गर्दै थिइन्।

सीमा क्षेत्रमा खटिएका केही नेपाली सुरक्षा अधिकृतका अनुुसार सोमबार राति नेपालीलाई भारततर्फ खाना खुवाएपछि नेपालतर्फ जान उत्प्रेरित गर्दै दशगजामा ल्याएर जम्मा हुने बातावरण तयार पारेका थिए। पहिला दशगजा सिमानासम्म आउन नदिएर छेकबार लगाएका भारतीय पुलिसले राति भने छेकबार खोलेर दशगजामा जम्मा पारेपछि तत्कालै छेकबार लगाएर भारततर्फ फर्किन रोक लगाएका थिए। मंगलबार एकाएक उनीहरुले फेरि विभिन्न सुविधा प्रदान गरिने प्रतिबद्धता जनाउदै भारततर्फ नै फर्काए।

सिमानामा रहेका एक भारतीय सञ्चारकर्मीले उत्तरप्रदेश सरकारले लकडाउन गरिएपछि जो जहाँ छ त्यहीँ नै व्यवस्थित रुपमा राख्ने निर्णय गरेपछि भारतीय पक्षले दशगजामा रहेका नेपालीलाई फर्काउनु परेको बताए।
झण्डै चार सयको संख्यामा रहेका नेपालीलाई ९ किमी पर नौतनवास्थित नौतनवा इन्टर कलेजमा व्यवस्थित रुपमा राखिने भारतीय सुरक्षा अधिकारीले जनाए।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भारतबाट नेपाल आउन खोजेकालाई भारतीय पक्षबाट र नेपालबाट भारततर्फ जान चाहेकालाई नेपालको तर्फबाट राख्न पर्नु भएकाले नेपालीलाई भारततर्फ लगिएको जनाए। ‘लकडाउन भनेको नै जो जहाँ छ त्यहीँ नै राख्ने भन्ने हो,’ उनले भने, ‘नाका नखोल्ने भन्ने भएपछि हामीले यस खालको निर्णय गरेका हौं। यसबारेमा माथि जानकारी गराउँदा ठीक छ भन्ने जवाफ आएको थियो।’

यसबारेमा आफू र सीमावर्ती महाराजगन्ज जिल्लाका डीएमबीच सम्पर्क भइरहेको र संक्रमणको अवस्था हेरेर न्यूनतम पनि १४ दिनको क्वारेन्टाइनमा राखिने प्रजिअ पन्थले जनाए।

दशगजा सिमानाबाट नेपालीलाई भारततर्फ फर्काएसँगै भारत प्रवेश नपाएर दशगजामा रोकिएका करीब डेढ सय भारतीय नागरिकलाई पनि रुपन्देही प्रशासनले नेपाल फर्काएर सिमानादेखि करीब २ किलोमिटर वर रहेको डन्डा नदी नजिकको निमा प्रतिमान अध्ययन प्रतिष्ठानमा राखेको छ।
भारतमा दुःख पाएर नेपाल आउन बाध्य भएका आफ्ना नागरिकलाई उद्धार गरेर नेपालकै क्वारेन्टाइनमा राख्नुको सट्टा सिमानामा तीन दिनसम्म रोकेर भारततर्फ नै फर्काउने काम नेपाल सरकारको गल्ती भन्दै स्थानीय स्तरमा नेपाल सरकार, प्रदेश र स्थानीय सरकारको आलोचना भएको छ।कान्तिपुरबाट

तीन दिनदेखि सिमामा अलपत्र नेपाली प्रवेश नपाएपछि रुँदै भारततर्फ फर्किए,भन्छन् ‘आज देश नै पराइ बन्यो’

रौतहट – गाँजा तस्करीसम्बन्धी एक मुद्दामा रौतहटको इशनाथ नरपालिकाका मेयरलाई पक्राउ गर्न मकवानपुर जिल्ला अदालतले अनुमति दिएको छ ।
मकवानपुर जिल्ला प्रहरी कार्यालयले रौतहट जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरी ईशनाथ नरपालिकाका मेयर सन्तोष मेहता र उनका भाइ मोहन मेहतालाई पक्राउ गर्न आग्रह गरेको छ । मेयरका भाई मोहन नेकपाको इशनाथ नगरपालिका समितिका अध्यक्ष हुन् ।

गत माघ ११ गते हेटौंडा उपमहानगरपालिका १९ नेवारपानीमा रौतहटको डुमरिया स्वास्थ्य चौकीको बा २ झ १७४९ नम्बरको एम्बुलेन्समा ३० किलो ६०० ग्राम गाँजा र ९१ हजार रुपैयाँ बरामद भएको थियो ।

सो एम्बुलेन्समा तीन वटा झोलामा ६ वटा पोका बनाएर मनहरीबाट हेटौंडातर्फ गाँजा ल्याउँदै गर्दा भारतीय नागरिक विनोद सहनी र एम्बुलेन्स चालक रौतहट डुमरियाका महम्द खलिद र अशोक कुमार पक्राउ परेका थिए ।

मकवानपुर जिल्ला अदालत हेटौडाले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९ उपदफा ३ बमोजिम पक्राउ पूर्जी जारी गरेको हो । मेयरका भाइ तथा नेकपाका नगर अध्यक्ष मोहन मेहता एम्बुलेन्स सञ्चालन समितिको अध्यक्षसमेत हुन् ।

इशनाथ नरपालिकाका मेयरविरुद्ध पक्राउ पुर्जी

काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड १९) भाइरसको संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र साहले दुई करोड रुपैयाँ दिएका छन्। पूर्वराजपरिवार आबद्ध हिमानी कोषमार्फत पूर्वराजा ज्ञानेन्द्रले कोषलाई दुई करोड दिएको जानकारी मंगलबार विज्ञप्तिमार्फत् गराएका हुन्।

विज्ञप्तिमा महामारीले देश र जनतामा सन्त्रास पैदा भएको उल्लेख गर्दै ज्ञानेन्द्रले यो रकमको घोषणा गरेका हुन्। उनले विज्ञप्तिमा लकडाउनलाई बाध्यात्मक अनिवार्यताको संज्ञा दिएका छन्। उनले यसमा कोही पनि गैरजिम्मेवार हुनु नहुने कुरामा जोड दिएका छन्।

‘दुःख कष्ट र आपत–विपदको यो घडीमा सबैका साथमा साथ दिँदै हाम्रो तर्फबाट हिमानी कोषलाई रु दुई करोड दिई नेपाल सरकारको ‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’मा दाखिला गर्न बुझाएका छौँ’, विज्ञप्तिमा भनिएको छ, ‘य कार्यले पनि केही सहयोगी भूमिका रहने विश्वास लिएका छौँ ।’

कोरोना नियन्त्रण तथा उपचार कोषलाई पूर्वराजा ज्ञानेन्दले दिए दुई करोड

अर्घाखाँची – जिल्लाको सन्धिखर्क नगरपालिका -१० बिहारमा एक युवती मृत अवस्थामा फेला परेकी छिन् ।

अर्घा, बिहारका तेज बहादुर कुँवर र राधा कुँवरकी छोरी २१ बर्षीया कबिता कुँवर झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

घरको कोठामा झुन्डिएको अवस्थामा आमा राधाले देखेपछि पासो काटी उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँचीमा लगेपनि उनको पहिले नै मृत्‍यु भएको प्रहरी चौकी ,बिहारले जनाएको छ ।

बुटवलमा १२ कक्षाको पढाईसँगै ब्युटीपार्लर सिक्दै आएकी कबिता लकडाउनको अघिल्लो दिन घर आएकी थिईन् । पछिल्लो समय उनी निरास देखिएको बताइएको छ ।

यद्यपी मृत्‍युको कारण भने खुल्न सकेको छैन् । प्रहरी चौकी बिहारले घटनाको अनुसन्धान भईरहेको बताएको छ । शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल अर्घाखाँचीमा रखिएको छ ।

अर्घाखाँचीमा २१ बर्षीया युवती झुन्डिएको अवस्थामा मृत फेला

वडा समाचारहरु