शनिबार, चैत २२, २०७६
GokarnaNews
maya education initaitives

नेपाल तरुण दल गोकर्णेश्वर नगर अध्यक्ष श्रेष्ठको हृदयघातका कारण निधन

नेपाल तरुण दल गोकर्णेश्वर नगर अध्यक्ष श्रेष्ठको हृदयघातका कारण निधन

काठमाडौं – नेपाल तरुण दल गोकर्णेश्वर नगर समिति काठमाडौंका अध्यक्ष गोपाल श्रेष्ठको हृदयघातका कारण निधन भएको छ ।

एक्कासी मुटुमा समस्या आएपछि श्रेष्ठलाई नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका लागि लगिएको थियो । अध्यक्ष श्रेष्ठको उपचारकै क्रममा निधन भएको हो।

काठमाडौं क्षेत्र नं ३ का सभापति एवम गोकर्णेश्वर नगरपालिका नगर प्रमुख सन्तोष चालिसेले गोकर्णेश्वरले एउटा तारा गुमाएको बताएका छन् । उनले श्रेष्ठप्रति श्रद्धाञ्जलि दिँदै शोकसन्तप्द परिवारमा समवेदना प्रकट गरेका छन् ।

श्रेष्ठको सोमबार राती नै गोकर्णेश्वर स्थीत उत्तर बैनीमा अन्तिम दाहासंस्कार गरिएको छ । श्रेष्ठको पार्थिब शरीरमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले अन्तिम श्रद्धाञ्जलि दिएका थिए ।

श्रेष्ठ नेपाल मेडिकल कलेजका कर्मचारी समेत हुन ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु