शनिबार, चैत २२, २०७६
GokarnaNews
maya education initaitives

फेवातालमा डुङ्गा पल्टियो: काठमाडौं कपनका २७ वर्षीय रामशरण लुइटेल बेपत्ता अन्य दुईको सकुसल उद्धार

फेवातालमा डुङ्गा पल्टियो: काठमाडौं कपनका २७ वर्षीय रामशरण लुइटेल बेपत्ता अन्य दुईको सकुसल उद्धार

पोखरा – फेवातालमा डुङ्गा पल्टिँदा काठमाडौं महानगर १० कपनका २७ वर्षीय सुमित भन्ने रामशरण लुइटेल बेपत्ता भएका छन्। उनको खोजी भइरहेको प्रदेश प्रहरी कार्यालय पोखराका राजेन्द्रबाबु रेग्मीले बताए।

उनीसँगै डुङ्गामा सवार सुविन चालिसे र रुपेश अधिकारीको भने प्रहरीले सकुसल उद्धार गरेको छ। उनीहरु पनि काठमाडौं १० कपन निवासी हुन्। प्रहरीका अनुसार उनीहरु आफैले डुङ्गा चलाएर फेवाताल घुम्दै थिए।

उद्धारका लागि गण्डकी प्रदेश शसस्त्र प्रहरी गण पोखराका रेस्क्यु टिम र नेपाल प्रहरीको टिम परिचालित भएका छन् ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु