सोमबार, चैत १७, २०७६
GokarnaNews
OnlineKhabarHub
maya education initaitives

यी अभिनेतालेले सनी लियोनको नम्बर मागेपछि बलिउडमा हङ्गामा

यी अभिनेतालेले सनी लियोनको नम्बर मागेपछि बलिउडमा हङ्गामा

एजेन्सी– बलिउड फिल्म जगतका प्रसिद्ध फोटोग्राफर डब्बू रतलानीको ग्ल्यामर क्यालेन्डरको लन्च गरिएको छ । उक्त क्यालेन्डर लन्च कार्यक्रममा अभिनेता कबीर बेदीले सनी लियोनको मोबाइल नम्बर मागेको केही समाचार संस्थाहरुले लेखेका छन् ।

उक्त समाचारपछि कबिर बेदी र सनीका पति ड्यानियल बेभरले ट्विट गर्दै समाचारको खण्डन गरेका छन् ।

कबीरले ट्विटमा सनीको नम्बर नमागेको बताएका छन् । उनले आफूलाई बदनाम गर्नको लागि यस्तो हल्ला फैलाइएको जिकिर गरेका छन् । उनले उक्त पार्टीमा सनीका पतिको नम्बर मागेको र उनका पतिले आफै नम्बर डायल गरिदिएको उल्लेख गरेका छन् । उनले यस्तो हल्लारुपी समाचार हटाउन र माफी माग्न आग्रह गरेका छन् ।

यसैबीच, सनीका पति ड्यानियलले पनि कबिरको ट्विटमा जवाफ दिएका छन् । उनले भनेका छन्, ‘के कबिर मेरो नम्बर माग्न सक्दैनन् र ? कबिर र सनी एक अर्कालाई लामो समयदेखि चिन्छन् । त्यसैले कबिरसँग सनीको नम्बर पहिले नै छ । मात्र एउटा कथाको लागि यति गलत समाचार दिन जरुरी छैन ।’

ड्यानियलको प्रतिक्रियामा कबिरले ‘धन्यवाद’ भनेका छन् ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु