बिहिबार, चैत २७, २०७६
GokarnaNews

युवती बलात्कार आरोपी डीएसपी अन्तर्वार्ता दिएर हिँड्दै, पक्राउ परेनन्

युवती बलात्कार आरोपी डीएसपी अन्तर्वार्ता दिएर हिँड्दै, पक्राउ परेनन्

काठमाडौं– गत २२ माघमा पीडित युवतीले डिएसपी राजकुमार खिउजूविरुद्ध महानगरीय प्रहरी परिसर ललितपुरमा किटानी जाहेरी दिएकी छिन् ।

ललितपुर जिल्ला अदालतले पूर्वडिएसपी खिउजूलाई पक्राउ गर्न अनुमति पनि दियो  । उनी अहिलेसम्म फरार छन् ।

पीडित युवतीले भने प्रहरीले खिउजूलाई पक्राउ गर्न ढिलाइ गरेको दाबी गरेकी छिन् । पीडित युवती भन्छिन्, ‘जाहेरी हालेको दुई साता बितिसक्दा पनि उनी पक्राउ परेका छैनन् । बरु उल्टै आफ्नो बचाउ गर्दै विभिन्न अनलाइनमा अन्तर्वार्ता दिँदै हिँडेका छन् ।’

उनले काठमाडौंको एक अनलाइन च्यानलमा अन्तर्वार्ता दिएको भिडियो सार्वजनिक भएको छ ।

प्रहरी वृत्त चापागाउँका पूर्वडिएसपी खिउजूले ०७५ सालको विभिन्न समयमा युवतीलाई यौन दुर्व्यवहार गरेको जाहेरीमा उल्लेख छ । जाहेरीमा खिउजू, उनकी पत्नी, छोरीसमेत मिलेर पीडितलाई धम्की र प्रलोभनमा पारेको भनिएको छ ।

प्रहरीले भने खिउजूको खोजीकार्य जारी रहेको बताएको छ । खिउजूलाई पक्राउ गर्न एउटा टिम बनाएर अगाडि बढेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले बताए ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु