सोमबार, चैत १७, २०७६
GokarnaNews
OnlineKhabarHub
maya education initaitives

लेवान्डोस्कीको निर्णायक गोलमा बार्यन म्युनिखको जीत

लेवान्डोस्कीको निर्णायक गोलमा बार्यन म्युनिखको जीत

काठमाडौं – जर्मन बुण्डेशलिगामा बार्यन म्युनिखले पाडेरबोर्नलाई ३–२ गोल अन्तरले हराएको छ । शुक्रबार राति भएको खेलमा लेवान्डोस्कीको निर्णायक गोलमा बार्यनले पाडेरबोर्नलाई ३–२ गोल अन्तरले हराएको हो ।

खेलको २५ औं मिनेटमा सर्ज गेनाबरीको गोलमा घरेलु टोली बार्यनले सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफको अन्तिम समयमा बार्यनका गोलकिपर म्यानुयल नोयरको गल्तीको फाईदा उठाउँदै पाहुना टोलीका डेनिस श्रीबेनले बराबरी गोल फर्काएका थिए ।

लेवान्डोस्कीले ७० औ मिनेटमा बार्यनलाई पुन अग्रता दिलाए । त्यसको ५ मिनेटपछि पाहुना टोलीका स्टेभन मिशेलले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

बराबरीतर्फ उन्मुख खेलको ८८ औं मिनेटमा लेवान्डोस्कीले ब्यक्तिगत दोस्रो गोल गर्दै बार्यनलाई जीत दिलाए । जीतसंगै शीर्ष स्थानको बार्यनले ४९ अंक जोडेको छ ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु