सोमबार, चैत १७, २०७६
GokarnaNews
OnlineKhabarHub
maya education initaitives

दक्षिण अफ्रिकाविरुद्धको टी – ट्वान्टी सिरिजमा अष्ट्रेलियालाई १ – ० को अग्रता

दक्षिण अफ्रिकाविरुद्धको टी – ट्वान्टी सिरिजमा अष्ट्रेलियालाई १ – ० को अग्रता

काठमाडौं– दक्षिण अफ्रिकाविरुद्धको टी – ट्वान्टी सिरिजमा अष्ट्रेलियाले एक शुन्यको अग्रता लिएको छ ।

तीन खेलको सिरिज अन्तर्तग भएको पहिलो टी – ट्वान्टीमा घरेलु टिम दक्षिण अफ्रिका १ सय ७ रनले पराजित भएको हो ।

जोहन्सवर्गमा शुक्रबार राति भएको खेलमा अष्ट्रेलिया दिएको १ सय ९७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रिका १४ ओभर ३ बलमा अल आउट हुँदै ८९ रनमा समेटियो ।

अष्ट्रेलियन बलर एस्टन एगर चम्किएपछि दक्षिण अफ्रिकी ब्याट्सम्यान सस्तैमा समेटियो । उसका फाप डु प्लेसिसले सर्वाधिक २४ रन जोड्दा कागिसो राबडाले २२ रन बनाए ।

दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न एस्टन एगरले ह्याट्रिकसहित पाँच विकेट लिए । उनले सातौं ओभरको चौंथो, पाँचौं र अन्तिम बलमा विकेट लिँदै ह्याट्रिक पुरा गरेका हुन् । टी–ट्वान्टी अन्तर्राष्ट्रियमा ह्याट्रिक लिने उनी दोस्रो अष्ट्रेलियन खेलाडी हुन् । यस्तै एडम जाम्पा र पाट कमिन्सले २/२ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो । अष्ट्रेलियाका स्टिभ स्मिथले ४५ रन जोड्दा कप्तान आरोन फिन्चले ४२ रन जोडे ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु