सोमबार, चैत १७, २०७६
GokarnaNews
OnlineKhabarHub
maya education initaitives

‘भ्रष्टाचार’ आरोपको थुप्रोमा उभिएकी माननीय जुली !

‘भ्रष्टाचार’ आरोपको थुप्रोमा उभिएकी माननीय जुली !

काठमाडौं– जुली महतो । सुनिरहेको नाम हो । उनीसँग जोडिन्छन् नेपालमा विख्यात रहेका दुई नाम । पहिलो पति, दोस्रो दाजु । पति हुन्– निवर्तमान भौतिक पूर्वाधार यातायातमन्त्री रघुवीर महासेठ । दाजु– गैर आवासीय नेपाली संघका पूर्वअध्यक्ष उपेन्द्र महतो ।

शक्ति केन्द्र, उनीप्रति लालयीत छ । कारण– अर्बौंको सम्पत्तीको मालिक हुनु । जुली, पति र दाजुको कर्मको नामसँग जोडिन्छिन् आर्थिक मामिलामा । पति विवादीत मन्त्री बने, दाजु विवादीत व्यापारी । शक्तिको आसपास, तलमाथि यीनैको हाली मुहाली छ । यसका पर्याप्त उदाहरण छन् ।

महिलाका नाममा दलगत हिसाबमा आउने अवसर होस्, मधेसीका नाममा आउने मौका होस् जुलीलाई मिलेको छ । उनको नाममा कुनै विवाद पनि हुँदैन । किनभने, उनीसँग छ अकुत सम्पत्ति । राजनीतिक दललाई चुट्कीका भरमा किन्न सक्ने अदभूत आर्थिक क्षमता छ । त्यसको प्रत्यक्ष स्रोत पति र दाजु हुन्, परोक्ष नेपाली जनताले तिरेको करमाथि रँजाई गर्न सक्ने राजनीतिक पहुँच ।

तर जब पूर्वमन्त्री महासेठको सम्पत्ति आर्जनको, भ्रष्टाचारको नाम आउँछ । जोडिन्छिन् जुली । प्रतिनिधि सभाको सदस्य पदमा छिन् । नाताको साइनो मात्र होइन, भ्रष्टाचारको साइनो रहेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको छ । यो पनि हालसालैको प्रकरणलाई जोडेर ।

पूर्वमन्त्री महासेठले पदको दुरुपयोग गरी अनियमियता गरेको भन्दै आयोगमा परेको उजुरीमा मार्फत बनेकी छन्, जुली । महासेठबारे गुनासो आएको र भ्रष्टाचारमा लिप्त भएको भन्ने गुनासो बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई पदच्युत गरेकै थिए ।

मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि सडक विभाग, यातायात व्यवस्था विभाग र रेल विभागमा आफ्नो निजी सचिवालयमार्फत अनियमितता गरेको भन्ने जुन प्रकारको गुनासो प्रधानमन्त्रीकहाँ पुगेको थियो, त्यहि विवरणको उजुरी अख्तियारमा परेको छ ।

महासेठले पत्नी जुलीमार्फत विभागीय प्रमुख र अन्य कार्यालय प्रमुखलाई सरुवा र जागिर खाइदिने डर धम्की देखाइ कानुन विपरीतका काम गर्न दबाब दिएको पनि उजुरीमा उल्लेख छ । सडक विभागका तत्कालीन महानिर्देशक रवीन्द्र श्रेष्ठलाई हटाई केशव शर्मालाई महानिर्देशक बनाउन ठूलो आर्थिक चलखेल गरेको आरोप लागेको छ । बलराम मिश्रलाई रेल विभागको महानिर्देशक बनाउन पनि मन्त्रीले जुलीमार्फत दुई करोड असुल गरेको उजुरीमा उल्लेख छ ।

पूर्वपश्चिम रेलमार्ग खण्डको निजगढ–भरतपुर खण्डको पुनः विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) प्रक्रियाको फाइल रोकेर राखेका थिए । प्रधानमन्त्री ओलीको ड्रिम प्राजेक्ट रहेको रेलको विषयलाई महासेठले रोकेपछि उनी पदच्युत हुनुपरेको थियो ।

सडक विभाग आयोजना निर्देशनालय, एडीबीको आयोजना निर्देशकमा पनि दिपक श्रेष्ठलाई नियुक्त गरेका थिए । त्यसको समन्वय जुलीले नै गरेको अभियोग लगाइएको छ । निजी स्वार्थ पूरा गर्न सरोज प्रधानलाईलाई उक्त पदबाट हटाइएको थियो ।

कर्मचारी बढुवमा पनि आर्थिक चलखेल व्यापक भएको आरोप लागेको छ । जसमा जुलीको समन्वय प्रमुख रहेको बताइन्छ । दिपक केसी, अशोक तिवारीलगायतलाई जनही ८० लाख रुपैयाँ लिई प्रथम श्रेणीमा बढुवाको सिफारिस भएको उजुरीमा उल्लेख छ ।

यीबाहेक विभिन्न ठाउँका सडक निर्माणमा पनि ठूलो चलखेल भएको र बिचौलियाले जुलीमार्फत मन्त्री महासेठसँग निर्णय गराएको भन्ने आरोप लाग्दै आएको थियो ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु