सोमबार, चैत १७, २०७६
GokarnaNews
OnlineKhabarHub
maya education initaitives

पशुपतिमा महाशिवरात्रिको तयारी भव्य, यसो भन्छन् नेपाल आएका नागाबाबा (भिडियोसहित)

पशुपतिमा महाशिवरात्रिको तयारी भव्य, यसो भन्छन् नेपाल आएका नागाबाबा (भिडियोसहित)

काठमाडौं– महाशिवरात्रि पर्वको अवसर पारेर तीन हजारभन्दा बढी साधुसन्त पशुपतिमा आइपुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । साधुसन्त आउने क्रम जारी रहेको कोषले जनाएको छ ।

प्रत्येक वर्ष फाल्गुन कृष्ण त्रयोदशीका दिन मनाइने महाशिवरात्रिमा नेपाल, भारतलगायत विश्वका विभिन्न स्थानबाट साधु–सन्तहरु पशुपतिनाथमा आउने गर्छन् ।

चार सयभन्दा बढी नागाबाबा भने पशुपतिनाथको मूल मन्दिर परिसरमा बस्ने कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले जानकारी दिए । आज बिहानदेखि नागाबाबा भने पशुपतिनाथको मूल मन्दिरमा प्रवेश गरेको संस्थानले जनाएको छ । औँसीका दिन बिदाइ नभएसम्म मूल मन्दिरभित्र नै नागाबाबा बस्न पाउने परम्परा समेत छ ।

साधुको बिदाइ औँसीका दिन गरिन्छ । साधुसन्त आ–आफ्नो सम्प्रदाय अनुसारका अखडामा बस्ने गर्छन् । साधुसन्तलाई प्रदान गरिने धुनी, खाना र दक्षिणाको सङ्कल्प एकादशीकै दिन राष्ट्राध्यक्षले गर्ने परम्परा रही आएको छ । यस बाहेक कोषले पनि धुनी, खाना र बिदाइका लागि बेग्लै व्यवस्था गरेको छ ।

पशुपति क्षेत्रमा आउने साधुसन्तका लागि फाल्गुन कृष्ण एकादशीदेखि औँसीसम्म धुनीका लागि दाउरा, खाना र बिदाइका बेला दक्षिणा दिने गरिन्छ ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु