सोमबार, चैत १७, २०७६
GokarnaNews
OnlineKhabarHub
maya education initaitives

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार नाघ्यो, ७५ हजार बढी संक्रमित

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार नाघ्यो, ७५ हजार बढी संक्रमित

बेइजिङ– कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार नाघेको चिनियाँ स्वास्थ्य अधिकारीले जनाएका छन् ।

गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको वुहान सहरबाट शुरु भएको यस भाइरसका कारण हालका केही दिनयता एकै दिनमा करिब १ सय व्यक्तिको मृत्यु हुने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका थिए ।

तर मङ्गलबार भने एकै दिनमा यस भाइरसको संक्रमणका कारण १ सय ३६ जनाको मृत्यु भएको एपी समाचार समितिले जनाएको छ । यस भाइरसबाट चीनभरीमा मृत्यु हुने व्यक्तिको संख्या दुई हजार ४ जना पुग्नुको साथै ७५ हजार बढी संक्रमित भएका छन् ।

वैज्ञानिकले कोभिड–१९ नाम दिएको यो भाइरसको नियन्त्रणमा खटिएका कम्तीमा दुई हजार स्वास्थ्वास्थ्यकर्मी संक्रमित भएका छन् । सात जना स्वास्थ्यकर्मीको उपचारका क्रममा मृत्यु भइसकेको छ ।ः

सम्बन्धित समाचारहरु

वडा समाचारहरु