सोमबार, चैत १७, २०७६
GokarnaNews
OnlineKhabarHub
maya education initaitives

तीन जनाको ज्यान गएको बबरमहल विस्फोटका दोषीलाई आममाफी !

तीन जनाको ज्यान गएको बबरमहल विस्फोटका दोषीलाई आममाफी !

काठमाडौँ– १० वर्षअघि राजधानीको बबरमहलमा तीन जनाको ज्यान जानेगरि भएको विस्फोटमा दोषी पाइएका एक जनालाई सरकारले आममाफी दिएको छ।

प्रजातन्त्र दिवसका अवसरमा दिइने आममाफीमा सरकारले गरेको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेकी हुन्। बबरमहल बम बिस्फोटका योजनाकार बुद्धिबहादुर गोलेले आम माफी पाएपछि ८ वर्ष कैद बाँकी हुँदै छुटेका छन्।

अदालतले गोलेलाई १५ वर्ष जेल सजाय सुनाएको थियो। संयुक्त जातीय मुक्ति मोर्चाले २०६८ फागुन १७ मा गराएको विस्फोटमा कृष्णबहादुर तामाङ, मानबहादुर तामाङ र बीरबहादुरको तामाङको ज्यान गएको थियो। गोले केन्द्रीय कारागारमा थिए। सरकारले ३ सय २९ जना कैदीलाई आममाफी दिएको छ।

४० प्रतिशत कैद भुक्तान गरेका कैदी आममाफीका लागि योग्य हुन्छन्। असल चालचलनलगायत कतिपय मापदण्डका आधारमा आममाफी दिने गरिन्छ। तर कतिपय गम्भीर मुद्दामा भने आममाफी दिन नमिल्ने कानुनी व्यवस्था छ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु