सोमबार, चैत १७, २०७६
GokarnaNews
OnlineKhabarHub
maya education initaitives

दिमागको अपरेशनका बीचमा महिला जागेपछि, अपेरशन सक्न डाक्टरले निकाले यस्तो जुक्ति (भिडियाे)

दिमागको अपरेशनका बीचमा महिला जागेपछि, अपेरशन सक्न डाक्टरले निकाले यस्तो जुक्ति (भिडियाे)

बेलायत– बेलायतको राजधानी लण्डनस्थित किंग्स् कलेज हस्पिटलमा इतिहासमै अनौठो घटना घटेको छ । बेलायतको इतिहासमा मात्र नभएर चिकित्सा दुनियाँलाई नै आश्चर्यमा पार्ने उक्त घटना एक ५३ वर्षीया महिलाको अपरेशनका क्रममा घटेको हो । अपरेशन थिएटरमा डगमर टर्नर नाम गरेकी ती महिला भायलिन बजाइरहिन् चिकित्सकले उनको अपरेशन गरिरहे । ती महिला ब्रेन ट्युमरकी बिरामी थिइन् । चिकित्सक सर्जरी गरिरहेका थिए ।

६ घण्टाको अपरेशनका बीचमा उनलाई बीचमै होस् आए पछि चिकित्सक अलमल्लमा परे । उनीहरुले दिमागलाई सक्रिय गराइराख्न जुक्ति निकाले र भायलिन दिए । सोही क्रममा चिकित्सकले उनको दिमागमा रहेको ८×४ सेमीको ट्युमर सफलतापूर्वक निकाले ।

न्यूरोसर्जन प्रोफेसर केयोमार्स सकनका अनुसार ती महिलाको करीब ९० प्रतिशतसम्म ट्यूमर निकालिएको छ । उनी अब स्वस्थ छन् र उनलाई अस्पतालबाट डिस्चार्ज पनि गरिएको छ । बेलायतको किंग्स् अस्पताल ब्रेन ट्युमरको संसारकै ठूलो केन्द्र मानिन्छ । यहाँ हरेक वर्ष ४ सय यस्ता अपरेशन हुने गर्दछन् । प्रोफेसर सकनका अनुसार ती महिलालाई सन् २०१३ मा ब्रेन ट्युमर भएको थियो ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु