सोमबार, चैत १७, २०७६
GokarnaNews
OnlineKhabarHub
maya education initaitives

यौन शक्ति बढाउन चिनियाँ युवकले खाए जिउँदो भ्यागुतो (विचलित पारिदिने भिडियोसहित)

यौन शक्ति बढाउन चिनियाँ युवकले खाए जिउँदो भ्यागुतो (विचलित पारिदिने भिडियोसहित)

संसारभरीका ७५ हजार १ सय ९६ व्यक्ति कोरोना भाइरसले संक्रमित भएका छन् । यी मध्ये ७४ हजार १ सय ८५ व्यक्ति त चीनमा मात्रै छन् । यो घातक भाइरसकाकारण अहिलेसम्म २ हजार ९ को मृत्यु भइसकेको छ । यीमध्ये चीनमा २ हजार ४ व्यक्ति छन् । कोरोना भाइरस फैलनुमा चिनियाँको खान्कीलाई दोष दिइएको छ । अब एउटा भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ जसमा एक चिनियाँ नागरिक खुल्ला बजारमा एउटा जिउँदो भ्यागुतो खाइरहेको देखिएका छन् ।

कोरोना भाइरस कसरी फैलियो भन्नेबारे केही पत्ता लाग्न नसकेको अवस्थामा चिनियाँ युवकको यस्तो व्यवहारले मानिसहरु विचलित छन् । वैज्ञानिक र स्वास्थ्य विज्ञले यो भाइरस चमेरोबाट फैलियो वा सर्प वा कुनै जनावरबाट मानिसमा सरेको हो भन्ने प्रमाण खोजिरहेका छन् ।

सार्वजनिक भएको भिडियो अनुसार सुरुमा ती युवकले भ्यागुतोको टाउकोलाई दाँतले टोके त्यसपछि भ्यागुताको दिमाग निकालेर खाए ।

चीनमा विदेश मन्त्रालयका स्वास्थ्य विशेषज्ञ यानझांग हुआंगले चीनमा जीवित जनावर खानु एउटा परम्परा नै भएको बताए । उनले भ्यागुता खाँदा यौन शक्ति वृद्धि हुने पनि बताए ।

चीनमा यस्ता जीव जनावरलाई विभिन्न बजारबाटै खरिद गर्न सकिन्छ ।

यानझांग हुआंगका भने, ‘हामीले सोसल मिडियामा भाइरल भएको यो भिडियोको अनुसन्धान गरेका छौं र यो सन् २०१६ को भिडियो भएको पत्ता लागेको छ ।’

भिडियोमा देखिए अनुसार ती व्यक्तिले भ्यागुतालाई सुरुमा टाउकोमा टोक्छन् र हातले भ्यागुताको छालालाई सर्लक्कै मुनिसम्म च्यातिदिन्छन् । त्यसपछि उनले क्यामराको अगाडि भ्यागुताको दिमाग निकालेर खान्छन् ।

ती युवकले लाइभस्ट्रिम भिडियोमा विभिन्न जनावर खाएको भिडियो पोष्ट गरेर चर्चा बटुल्ने गरेको बुझिएको छ । सोसल मिडियामा उक्त भिडियो भाइरल भएपछि हज्जारौं कमेन्ट आइरहेका छन् । एक सोसल मिडिया प्रयोगकर्ताले चीनमा यसकारण पनि कोरोना भाइरस फैलिएको बताएका छन् ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु