सोमबार, चैत १७, २०७६
GokarnaNews
OnlineKhabarHub
maya education initaitives

आईसीसीद्वारा अमेरिकी अलराउण्डर पटेलमाथि प्रतिबन्ध

आईसीसीद्वारा अमेरिकी अलराउण्डर पटेलमाथि प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अमेरिकी लेफ्टह्याण्ड अलराउण्डर निसर्ग पटेललाई बलिङमा प्रतिवन्ध लगाएको छ । आईसीसीको स्वतन्त्र प्यानलले निसर्ग पटेलको बलिङ शैली ठिक नभएको ठहर गर्दै उनलाई तत्कालै लागू हुने गरी बलिङ प्रतिबन्ध लगाएको हो ।

काठमाडौंमा माघ २२ देखि २९ सम्म भएको आईसीसी विश्वकप क्रिकेट लिग २ मा ओमानविरुद्धको खेलमा उनले गरेको बलिङ नियमविपरित भएको आईसीसीले जनाएको छ ।

ओमान र अमेरिकाबीचको माघ २८ गते भएको खेलमा उनले गरेको बलिङ शैलीमाथि आईसीसीले शंका गरेको थियो । उनलाई आईसीसीको ‘इलिगल बलिङ रेगुलेसन अन्तरगत ४।७ अन्तरगत प्रतिबन्ध लगाएको हो ।

ओमानविरुद्धको उक्त खेलमा उनले ५२ रनको अर्धशतकिय इनिङ्स खेलेका थिए ।

अब उनी आईसीसीको टेस्टिङ सेन्टरमा रहनेछन् । जहाँ उनको बलिङ शैलीलाई आईसीसीको एक्सपर्ट प्यानलले हेर्ने छ । एक्सपर्ट प्यानलले इन्डिपेन्डेन्ट प्यानललाई उनको बलिङ शैली ठिक रहेको जानकारी जानकारी गराएपछि मात्र उनीमाथिको प्रतिबन्ध फुकुवा हुन सक्नेछ ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु