शनिबार, चैत २२, २०७६
GokarnaNews
maya education initaitives

दोस्रो टोखा महोत्सव फागुन २३ देखी

दोस्रो टोखा महोत्सव फागुन २३ देखी

काठमाडौं – धार्मिक, पौराणिक, ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको टोखामा ‘दोस्रो टोखा महोत्सव–२०७६’ हुने भएको छ । काठमाडौंंको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिकाको आयोजनामा टोखा नगरपालिका वडा नम्बर २ र ३ मा पर्ने टोखा बजारमा फागुन २३ देखि २५ गतेसम्म महोत्सव हुन लागेको हो ।
नगरपालिकाले महोत्सवको तयारीका लागि विभिन्न समिति तथा उपसमिति गठन गरेर प्रचारप्रसारलाई तीव्र पारेको छ । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले नगरपालिकाभित्रको धार्मिक, ऐतिहासिक, पौराणिक, संस्कृतिलाई आम जनतामाझ परिचित गराउन महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए । तीन दिनसम्म चल्ने यो महोत्सवको ब्यवस्थापन नेवाः गुठी टोखाले गर्नेछ ।

महोत्सवले स्थानीय सम्पदाको पहिचान, प्रचारप्रसार र सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष२०२०’ लाई सफल पार्ने उद्देश्य राखिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले महोत्सव सम्पन्न गर्न चालू आर्थिक वर्षमा २५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु