सोमबार, चैत १७, २०७६
GokarnaNews
OnlineKhabarHub
maya education initaitives

अदालतबाट सफाइ पाएपछि पूर्वसभामुख महराले दिए सबैलाई धन्यवाद (विज्ञप्तिसहित)

अदालतबाट सफाइ पाएपछि पूर्वसभामुख महराले दिए सबैलाई धन्यवाद (विज्ञप्तिसहित)

काठमाडौं– बलात्कार प्रयास (जवरजस्ती करणी उद्योग)को मुद्दामा सफाइ पाएसँगै आजै डिल्लीबजार कारागारबाट रिहाइ भएका पूर्वसभामुख कृष्णबहादुर महराले यो अवधिमा सहयोग पुर्‍याउने सबैमा धन्यवाद ज्ञापन गरेका छन् । उनले सोमबार अपराह्न एक विज्ञप्ति जारी गर्दै आफूमाथि लगाइएको आरोप गलत सावित भएको र सम्मानित अदालतले निर्दोष ठहर गर्दै सफाइ दिएकोमा धन्यवाद ज्ञापन गरेका हुन् ।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘म सम्मानित अदालतप्रति विशेष आभार एवं धन्यवाद व्यक्त गर्दछु।’

उनले यस क्रममा सक्रियतापूर्वक पहल र सहयोग गर्ने मेरो परिवारका सम्पूर्ण सदस्यहरु, मित्रहरु, मेरो पक्षमा वकालत गर्ने कानुन व्यवसायीहरु र राजनीतिक व्यक्तित्वहरुप्रति समेत हार्दिक आभार प्रकट गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘म ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसी तथाकथित आरोप खेपेको छु। यस अवधिमा मलाई सद्भाव र सहानुभूति दिनुहुने मेरा समर्थकहरु, शुभचिन्तकहरु, अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी मित्रहरु, प्रहरी मित्रहरु र डिल्लीबजार कारागारका सम्पूर्ण बन्दी साथीहरुलाई हार्दिक आभारसहित धन्यवाद दिन चाहन्छु।’

यस्तो छ विज्ञप्ति

सम्बन्धित समाचारहरु

वडा समाचारहरु