सोमबार, चैत १७, २०७६
GokarnaNews
OnlineKhabarHub
maya education initaitives

आयल निगमले घटायो पेट्रोल र डिजेलको मुल्य

आयल निगमले घटायो पेट्रोल र डिजेलको मुल्य

काठमाडौं– नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २–२ रुपैयाँ घटाएको छ । सोमबार राती १२ बजेदेखि लागू हुने गरी मुल्य घटाएको नेपाल आयल निगमले जनाकारि दिएको हो ।

निगमले यस अघि पनि पेट्रोल र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १–१ रुपैयाँ घटाएको थियो । अहिले काठमाडौंको बजार मूल्य पेट्रोल ११० र डिजेल तथा मट्टितेल ९९ रुपैयाँ छ ।

भारतको सरकारी तेल कम्पनी इण्डियन आयल कर्पोरेसन (आइओसी) इन्धन आयात गर्दै छ ।

यता, एलपी ग्याँसको मुल्य भने यथावत रहेको निगमले जनाएको छ । यसअघि २५ रुपैयाँ बढाएर अहिले ग्याँसको मुल्य १४ सय पुगेको छ ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु