सोमबार, चैत १७, २०७६
GokarnaNews
OnlineKhabarHub
maya education initaitives

अभिनेता हमालले भने– “मेरो प्रवेशले नेपाली फिल्ममा क्रान्ति ल्यायो”

अभिनेता हमालले भने– “मेरो प्रवेशले नेपाली फिल्ममा क्रान्ति ल्यायो”

काठमाडौं– अभिनेता राजेश हमालले आफ्नो उपस्थितिले नेपाली फिल्ममा क्रान्ति ल्याएको बताएका छन् । काठमाडौँमा जारी नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको चौँथो दिन आफ्नो कथा सुनाउन उपस्थित हमालले यस्तो दाबी गरेका हुन् । कार्यक्रममा उनले आफ्नो फिल्म यात्रा अद्भूत भएको समेत बताए ।

‘म जतिबेला फिल्ममा भित्रिए, त्यो समय मुस्किलले दर्जन फिल्म बन्थे’ हमालले भने ‘पहिलो फिल्म रिलिज भएपछि १२ वषसम्म लगातार १२ देखि १४ घन्टासम्म काम गरेँ ।’

करिब दुई घन्टा आफ्नो कथा सुनाएका हमालले फिल्म प्रवेश, फिल्म यात्रा र पछिल्लो समयको बिश्रामसँगको कथा दर्शकमा सुनाएका थिए ।

३० वर्ष बढी फिल्म अभिनयमा बिताएका हमालले उत्कृष्ट फिल्म खेल्न नसकेको आरोप पनि लागेको छ । कथा भन्ने क्रममा उनले यो आरोपको पनि खण्डन गरे । ‘इतिहासलाई तपाईंले अहिलेको आँखाबाट हेर्नुभयो भने धेरै कमजोरी देख्नुहुन्छ,’ उनले अगाडि भने ‘मैले ज्यादा फिल्म किन गरेँ भने त्यतिबेला मलाई लाग्यो ज्यादा फिल्म बन्न जरुरी छ ।’ जब छनोटको अवसर हुन्छ । तब क्वालिटीको कुरा आउने उनको तर्क थियो । उनले फिल्म बनाउन चाँहनेलाई हतोत्साही नगर्न पनि बढी फिल्म खेलेको सुनाए ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु