बिहिबार, चैत २७, २०७६
GokarnaNews

मौसम : देशको पूर्वी र मध्य पहाडी भू–भागमा वर्षाको सम्भावना

मौसम : देशको पूर्वी र मध्य पहाडी भू–भागमा वर्षाको सम्भावना

काठमाडौं – आज देशको पूर्वी र मध्य पहाडी भू–भागमा सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वी र मध्य पहाडी भू–भागका केही स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ । बाँकी भागको मौसम आंशिक बदली रहने पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंमा आज आंशिक बदलीको सम्भावना रहेको छ ।

आज दिउँसोः देशका पूर्वी र मध्यका पहाडी भू भागमा आंशिक देखि सामान्य बदली र बाँकि भूभागमा आंशिक बदली रहने छ। पूर्वी र मध्यका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । भने रातीः देशका पूर्वी र मध्यका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकि भूभागमा आंशिक बदली रहने छ। पूर्वी पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु